
वीरगन्ज पथलैया सडकखण्ड अन्तर्गत बाराको भोलहीमा ट्याङकरले कारलाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका २३ भोलहीमा शुक्रबार राति ११ बजे पथलैयाबाट वीरगन्ज आउँदै गरेको ना ३ ख ७५९४ नम्बरको ट्याङकरले विपरीत दिशाबाट आउँदै गरेको बी आर ०६ सी क्यु ४१४१ नम्बरको कारलाई ठक्कर दिएको हो।
मृत्यु हुनेहरुमा कारका चालक भारत बिहारको मोतीहारीका ३४ वर्षीय राजन सर्राफ, कारमा सवार २५ वर्षीय सुरज प्रसाद र २७ वर्षीय कृत सिंह रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए।
कार चालक राजनलाई उपचारका लागि वीरगन्ज ल्याउने क्रममा बाटोमै तथा सुरज प्रसाद र कृत सिंहको भने वीरगन्ज स्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
मृतक मध्येका सुरज प्रसाद र कृत सिंहको भने ठेगाना खुल्न नसकेको यादवले बताए।
ट्याङकरका चालक भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरी निरीक्षक यादवले जानकारी दिए।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य विनोद भण्डारीको विवाह भएको छ । उनले विजया दशमीको दिन विहे गरेका हुन् । विनोदले शुक्रबार सञ्चारकर्मी सोनिका अर्यालसँग विवाह गरेका हुन् । उनीहरूको असोज ६ गते फूलमाला भएको थियो ।
नेपाली क्रिकेट टोलीका भरपर्दा खेलाडी तथा दायाँ हाते ब्याट्सम्यान विनोद त्रिभुवन आर्मी क्लबका कप्तान हुन् । विनोद र सोनिका चार वर्षदेखि प्रेममा थिए । महेन्द्रनगरका ३२ वर्षीय विनोदले २५ जनवरी २०१९ मा युनाइटेड अरब इमिरेट्सविरुद्धको खेलबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए ।
विनोदले २००९ मा एसीसी ट्वान्टी–२० कपमा कुवेतविरुद्धको खेलबाट नेपालको राष्ट्रिय टिममा डेब्यू गरेका थिए । उक्त खेलमा विनोदले अन्तिम बलमा छक्का प्रहार गर्दै नेपाललाई जिताएका थिए । सबै तस्वीर: विनोद भण्डारीको फेसबुकबाटनेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य विनोद भण्डारीको विवाह भएको छ । उनले विजया दशमीको दिन विहे गरेका हुन् । विनोदले शुक्रबार सञ्चारकर्मी सोनिका अर्यालसँग विवाह गरेका हुन् । उनीहरूको असोज ६ गते फूलमाला भएको थियो ।
नेपाली क्रिकेट टोलीका भरपर्दा खेलाडी तथा दायाँ हाते ब्याट्सम्यान विनोद त्रिभुवन आर्मी क्लबका कप्तान हुन् । विनोद र सोनिका चार वर्षदेखि प्रेममा थिए । महेन्द्रनगरका ३२ वर्षीय विनोदले २५ जनवरी २०१९ मा युनाइटेड अरब इमिरेट्सविरुद्धको खेलबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए ।
विनोदले २००९ मा एसीसी ट्वान्टी–२० कपमा कुवेतविरुद्धको खेलबाट नेपालको राष्ट्रिय टिममा डेब्यू गरेका थिए । उक्त खेलमा विनोदले अन्तिम बलमा छक्का प्रहार गर्दै नेपाललाई जिताएका थिए । सबै तस्वीर: विनोद भण्डारीको फेसबुकबाट