आइतबार ०७ आश्विन २०८०

काठमाडौं, जेठ १ । नेपाली काँग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार गच्छदारलाई पत्नीशोक परेको छ । कोरोना संक्रमित गच्छदारकी श्रीमती निर्मलाको आज विहान मृ त्यु भएको हो ।

शनिबार विहान ४ वजे थापाथलीस्थित नर्भिक अस्पतालमा गच्छदारकी श्रीमती निर्मला गच्छदारको उपचारको क्रममा निधन भएको हो । उनी दुई हप्तादेखि कोरोनासंग लड्दै आएकी थिईन् ।

अर्को समाचार

SUGGESTED NEWS
Mgid
Mgid

Want To Lose 16 Kg In The Abdominal Area In 2 Weeks?
Ketoadvanced

What If Covid-19 Hit Disney?
Zestradar

6 Album Covers Transformed For Middle-East Beyond Recognition
Zestradar

7 Proven Attraction Facts To Use The Next Time You Go On A Date
Zestradar
कर्णाली प्रदेश अस्पताल सुर्खेतले कोरोनाका नयाँ बिरामीको भर्ना नलिने बताएको छ ।शनिबार एक सूचना जारी गर्दै अस्पतालले भर्ना नलिने बताएको हो ।अस्पतालका निर्देशक डा। डम्बर खड्काद्वारा जारी सूचनामा नेपालगञ्जबाट आउने अक्सिजन अस्पतालमा आपूर्ति हुन नसकेका कारण कोभिडका बिरामीलाई भर्ना गर्न नसकिने उल्लेख छ । तर, यो निर्णयको चौतर्फी विरोध भइरहेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले महामारीको समयमा बिरामीको उपचारमा व्यवस्था मिलाउनुको सट्टा अस्पतालले भर्ना लिन नसक्नु प्रदेश सरकारको असक्षमताका पराकाष्ठा अस्पतालमा देखिएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा शनिबार एक विज्ञप्ति जारी गर्दै नेता कँडेलले सरकारको ध्यान नागरिकलाई महामारीबाट बचाउने तर्फ केन्द्रीत नभएको आरोप लगाएका हुन् ।

‘अहिलेको महामारीको बीचमा अस्पताललाई यस्तो सूचना सार्वजनिक गर्नु पर्ने स्थितिमा पुर्‍याउनु सम्बन्धित जिम्मेवार निकायको असक्षमताका पराकाष्ठा नै हो । प्रदेश सरकारसँग श्रोतको अभाव छैन । संघीय सरकारसँग समन्वय गरेर आफ्नो प्रदेशमा सहयोग जुटाउने दायित्व पनि प्रदेश सरकारको नै हो,’ कँडेलले भनेका छन् ।


Last Updated on: May 15th, 2021 at 11:54 am
५४९ पटक हेरिएको

तपाईको प्रतिक्रिया