
रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा स्थानीय युवा र प्रहरीबीच झ,ड,प हुँदा सात जना प्रहरी घाइते भएका छन् ।
गएराति बागबजारमा भएको झ,ड,प,का क्रममा प्रहरी सहायक निरीक्षक कोमलराज बोहाेरासहित सात जना प्रहरी घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
घाइते भएका सहायक प्रहरी निरीक्षक बोहोरालाई स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाण्डौ ल्याइएको छ । बाँकी ६ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
मुसिकोट नगरपालिका वडा नम्बर १ बागबजार नजिकै पार्किङ गरी राखिएको रा १ ख २३९२ नम्बरको ट्रकलाई ढुंगा र बियरको बोतल प्रहार गरेर सिसा फुटाएको अवस्थामा प्रहरीले प,क्रा,उ गर्न खोज्दा प्रहरी र युवाहरुबीच झ,ड,,प भएको हो ।
घटनामा संलग्न ६ जना युवालाई प्रहरीले प,क्रा,उ गरेको छ । चार जना भागेका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सामाजिक सञ्जालमा म्याकुरी भन्ने थेगोका कारण चर्चित कलाकार पवन खतिवडाले बिहे गरेपछि फेसबुकमा खुइलीको खोजी भएको छ । म्याकुरी र खुइलीको जोडी सामाजिक सञ्जालमा चर्चित छ ।
उनीहरु अन स्क्रिन प्रेमी प्रेमिका हुन् । पवनको बिहे भएपछि उनका प्रशंसकहरुले अब खुइलीको अवस्था के होला भनी प्रश्न गरेका छन् । नविना सिलवाल नै खुइली पात्र भएर पर्दामा देखिने गरेकी छिन् । तर उनीहरुको प्रेम भने अन स्क्रिन मात्र हो, वास्तविक जीवनमा यसको कुनै वास्तविकता नरहेको बताएका छन् ।
पवनले अन्तरजातिय र अन्तरदेशिय विवाह गरेका हुन् । बुधबार उनले भारतस्थित सिक्किमकी सुम्निमा खालिङ राईसँग अन्तरजातीय विवाह गरेका हुन् । “उनी सिक्किमकी छोरी म नेपालको, म बाहुनको छोरी उनी राईको ९अन्तरजातिय र अन्तरदेशिय० हाम्रो लागि माया प्रेम नै सर्वैसर्व भयो ।” उनले फेसबुकमा लेखेका छन् ।
बुधबार आफ्नो फेसबुकमार्फत बिवाह बन्धनमा बा धि एको उनले जानकारी गराएका हुन् । खतिवडाले आफूहरूको केहि वर्ष अगाडि चिनचान भएको र त्यसपछि प्रेम भएको पनि बताएका छन् ।