शुक्रबार १५ मंसिर २०८०

काठमाडौ। भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीका पूर्खा नेपाली नै हुन् । उनका बाबु भने भारतका भएका कारण उनी अहिले भारतीय नागरिक मात्र हैन देशकै फुटबल टोलीका कप्तान हुन्।

उनकी आमा नेपाली हुन् । बाबुका अधिकांश पुस्ताका सन्तानहरुपनि नेपालमा नै छन् । उनले आमाको प्रेरणाले आफू फुटबलर बनेको बताएका छन्।

नेपाल र भारतबीच हुने खेलअघि भएको पत्रकार सम्मेलनमा एक प्रशंगमा सुनिलले आमाको प्रेरणाले आफू फुटबलमा जोडिएको बताएका हुन्।

आमाको स्पोर्टस कल्चरबाट फुटलमा लाग्ने वातावरण मिलेको बताए । उनका मामा गणेश पाण्डे समेत फुटबलर हुन् । उनी नेपाली हुन् । पाण्डेकी दिदि सुनिका बाबुले बिवाह गरेका हुन्।

पिताको सिपाही जागिरको सिलसिलामा भारतमा नै हुर्किएका सुनिलले भारतीय राष्ट्रिय टोलीबाट फुटबल खेल्दै आएका छन्।

उनका नातेदार नेपालको झापा, पोखरा र काठमाडौंमा छन् । फुटबल खेल सकिएपछि मिलेको खण्डमा नेपालमा भएका सबै आफन्तलाई भेट्न कोशिस गर्ने उनले बताएका छन्।

अर्को प्रशंगमा उनले नेपाली फुटबल टोलीको खुलेर नै प्रसंशा गरेका छन् । उनले नेपाल निक्कै बलियो टोली रहेको प्रतिक्रिया दिएका छन्।

नेपाललाई जित्न भारतलाई जहिले कठिन परेको उनले स्मरण गरेका छन् । उनले भने नेपाललाई जित्न त्यति सहज छैन । हामीले जहिलेपनि निक्कै कठिन अवस्थामा पुगेर जीत हासिल गरेका छौ।

 

 


Last Updated on: October 16th, 2021 at 1:36 pm
१९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया