
काठमाडौँ। बाराको जितपुरसिमरा उपमहानगरपालिका(२३) भोलहीमा गए राति ट्यांकरको ठक्करबाट कारमा सवार भएका तीनजनाको मृत्यु भएको छ ।
कार चालक भारतीय नागरिक ३४ वर्षीय राजन सराफको उपचारको लागि अस्पताल लैजाने क्रममा र कार सवार दुईजनाको भने वीरगञ्जस्थित वयोधा अस्पतालमा उपचारको क्रममा गएराति नै मृत्यु भएको छ ।
मृतकमध्ये कारमा सवार अन्दाजी २५ वर्षीय सरज प्रसाद र २७ वर्षीय कृत सिंहको उमेर र नाम मात्र खुलेको छ । उनीहरुको ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
पथलैयाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ३ख ७५९४ नम्बरको ट्यांकरले विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बरको कारलाई गएको राति पौने ११ बजे ठक्कर दिएको थियो। दुर्घटना पश्चात फरार रहेका ट्याङ्कर चालकको खोजीकार्य भने भइरहेको इलाका प्रहरी कार्यालय जितपुरले जनाएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य विनोद भण्डारीको विवाह भएको छ । उनले विजया दशमीको दिन विहे गरेका हुन् । विनोदले शुक्रबार सञ्चारकर्मी सोनिका अर्यालसँग विवाह गरेका हुन् । उनीहरूको असोज ६ गते फूलमाला भएको थियो ।
नेपाली क्रिकेट टोलीका भरपर्दा खेलाडी तथा दायाँ हाते ब्याट्सम्यान विनोद त्रिभुवन आर्मी क्लबका कप्तान हुन् । विनोद र सोनिका चार वर्षदेखि प्रेममा थिए । महेन्द्रनगरका ३२ वर्षीय विनोदले २५ जनवरी २०१९ मा युनाइटेड अरब इमिरेट्सविरुद्धको खेलबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए ।
विनोदले २००९ मा एसीसी ट्वान्टी–२० कपमा कुवेतविरुद्धको खेलबाट नेपालको राष्ट्रिय टिममा डेब्यू गरेका थिए । उक्त खेलमा विनोदले अन्तिम बलमा छक्का प्रहार गर्दै नेपाललाई जिताएका थिए । सबै तस्वीर: विनोद भण्डारीको फेसबुकबाटनेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य विनोद भण्डारीको विवाह भएको छ । उनले विजया दशमीको दिन विहे गरेका हुन् । विनोदले शुक्रबार सञ्चारकर्मी सोनिका अर्यालसँग विवाह गरेका हुन् । उनीहरूको असोज ६ गते फूलमाला भएको थियो ।
नेपाली क्रिकेट टोलीका भरपर्दा खेलाडी तथा दायाँ हाते ब्याट्सम्यान विनोद त्रिभुवन आर्मी क्लबका कप्तान हुन् । विनोद र सोनिका चार वर्षदेखि प्रेममा थिए । महेन्द्रनगरका ३२ वर्षीय विनोदले २५ जनवरी २०१९ मा युनाइटेड अरब इमिरेट्सविरुद्धको खेलबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए ।
विनोदले २००९ मा एसीसी ट्वान्टी–२० कपमा कुवेतविरुद्धको खेलबाट नेपालको राष्ट्रिय टिममा डेब्यू गरेका थिए । उक्त खेलमा विनोदले अन्तिम बलमा छक्का प्रहार गर्दै नेपाललाई जिताएका थिए । सबै तस्वीर: विनोद भण्डारीको फेसबुकबाट