बुधबार २० मंसिर २०८०

एजेन्सी। गत महिना पश्चिमी अफ्रिकाको मालीकी एउटी महिलाको डेलिभरी विश्वभरि चर्चाको विषय भयो। हालीमा नामकी २५ वर्षीया महिलाले नौ जना बच्चाहरूलाई एकैसाथ जन्मदिइन ।

डेलिभरीमा केही समस्या भएको कारण मोरक्कोमा महिलालाई उपचार गराउन त्यहाँ विशेष प्रबन्धहरू गरिएको थियो। जन्मपछि, बच्चाहरूको अवस्था पनि गम्भीर बन्यो ।
यद्यपि अब सबै बच्चाहरूको स्वास्थ्यमा धेरै सुधार आएको छ। तर,पनि ९ जना बच्चा अझै अस्पतालमा भर्ना छन्।

मोरक्कोको अस्पतालले एएफपी समाचार एजेन्सीलाई हालीमाले मे ४ मा जन्म दिएका ९ जना बच्चाको राम्रो बिकास भइरहेको र दुई महिनासम्म पर्यवेक्षणमा राख्नु पर्ने जनाएको छ ।

ऐन बोर्जा क्लिनिकका प्रवक्ता अब्देलको डदास हाफसीले यी नौ बच्चाहरू अहिले कुनै मेडिकल उपकरणविना सास फेर्ने गरेको जनाएका छन्।
हाफसीले बच्चाहरूलाई ट्युबमार्फत दूध दिने गरिएको र उनीहरूको तौल बढेर ८०० ग्राम देखी १.4 केजीको बीचमा पुगेको छ। यी ९ बच्चाहरूमध्ये ५ जना केटीहरू र चार केटाहरू छन्। बच्चाहरूको आमा उनीहरूको नजिकै बस्छिन्।

‘यी बच्चाहरूलाई कुनै स्वास्थ्य सहायता बिना जीवन सुरु गर्न डेढदेखि दुई महिना लाग्नेछ,’ हाफसीले भने।
यो डेलिभरी १० डाक्टर र २२५ नर्सहरूको मेडिकल टोलीले गरेको हो। मार्च ३० मालीको सरकारले राम्रो स्याहारको लागि हालीमालाई मोरक्को पठायो।

सुरुमा अल्ट्रासाउन्ड रिपोर्टमा यो पत्ता लाग्यो कि हालीमाको पेटमा सात बच्चाहरु थिए। तर, डिलिभरीको बेला डाक्टरहरूले थाहा पाए कि ती सात होइनन् ,नौ जना बच्चाहरु रहेछन् ।महिलाहरूले सफलतापूर्वक सात बच्चा जन्माउने घटनाहरू थोरै छन् ।

 


Last Updated on: October 16th, 2021 at 2:36 pm
३०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया