
आमाको संसार रु’वाउने कथा,न त श्रीमानले हेर्छन्,न त छोराले नै(भिडियो हेर्नुहोस्)
सानै उमेरमा आगोमा परि खुट्टा गुमाएकी वृद्ध आमा अहिले कयौँ वर्षदेखि एक्लै बस्दै आएकी छिन । बिहे गरेदेखी नै श्रीमानले नहेरे पछि उनलाई बेग्लै राखि दिए । छोरा सगैँ बस्दै आएकी वृद्ध आमा छोरा ठूलो भए पछि केही सुख होला भन्ने सोचेकी थिइन ।
तर छोरा पनि अहिले कहाँ छन कुनै अत्तोपत्तो वृद्ध आमालाई थाहा छैन । छोराले बिबाह गरेर केही सुख देला भन्ने आशमा बसेकी आमा अहिले दिन रात के खाने के लाउने भनेर बचिंरहेकी छिन ।
गुल्मी दरबार गाउँपालिका २ कि सीता खड्काले सानैमा आफ्नो एउटा खुट्टा गुमाईन । सानै उमेरमा अपांग बनेकी सितालाई गाउँकै एक पुरुषले ज’बर्जस्ती गरे । उनको पे टमा बच्चा त्यही बेला रह्यो । छोरा जन्मिए पछि गाउँ समाज मिलेर तिनै पुरुषसगँ उनको बिबाह गरिदिएको सीता बताउँछिन ।
बिबाह गरेर जादाँ उनका श्रीमानले अगाडि नै बिबाह गरि सकेको थाहा पाइन सिताले । जबर्जस्ती बिबाह भएकी उनलाई बिबाह गरे पछि पनि उनका श्रीमानले हेरेनन । उनलाई र छोरा लाई फाल्टै एउटा सानो छाप्रो बनाई राखिदिए ।
श्रीमानले फाल्टै राखिदिए पछि सुरु भएको सीताको दुख अहिले सम्म जस्ताको त्यस्तै छ । उभिएर हिड्न नसक्ने उनी बासे बामे सर्दै हिड्छिन । त्यसरी नै उनी खाना पकाउने लगाएतका काम गर्छिन ।
श्रीमानले नहेरे पछि सानो छोराले पछि सुख देला भन्ने आशले दुख गरि हुकाईन । छोराले बिबाह गरेर कामाउन भन्दै हिडे पछि बुहारी पनि केही समय माइती बसि अन्त्यै पोइला गएको उनले बताईन । अहिले कमाउन भनी गएको छोरा पनि कहाँ के गर्दै बसेको छ आफुलाई थाहा नभएको उनी बताउँछिन ।
सिताको जीवनमा थुपै चाडपर्वहरु आए गए । तर ती चाडपर्व आफ्नो लागि भने कहिल्यै नआएको उनको भनाई छ । आफ्नो सधैको दुख उस्तै भएकोले चाडपर्वमा कोहि आउला, मीठो मसिनो खाएर साथमा रमाइलो गरौला भन्ने दिन उनको जीवनमा कहिले पनि आएन ।
उनका लागि केही खाद्यान्न लगाएतका सामाग्री उनिहरुले मिडिया मार्फत पठाएका छन । उनको त्यो दुखद भिडियो बनाएर गए पछि फेरि केही सहयोग लिएर कोहि आउला कि भन्ने आशले आफू बसेको सिताले बताईन । केही समय पछि अहिले सहयोग पाउँदा उनी खुशी देखिएकी छिन । आफुलाई अब ७/८ महिले के खाउँला भन्ने चिन्ता नभएको उनले बताईन । (भिडियो हेर्नुस)