शुक्रबार १५ मंसिर २०८०

काठमाडौंबाट विराटनगर उडान भरेको हेलिकोप्टर सुनसरीको इनरुवामा आपतकालीन अवतरण गरेको छ ।

अवतरणसँगै पाइलटसहित चारजनाको सकुशल उद्दार गरिएको छ । फिस्टेल एयरको हेलिकोप्टर शनिबार साँझ ६:४० बजे इनरुवा ६ स्थित सखुवागाछी नजिकै खेतमा आपतकालीन अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एक प्रहरीले जानकारी दिए ।

उनका अनुसार विराटनगर विमानस्थलमा प्राविधिक कारणले हेलिकोप्टर अवतरण हुन नसेकपछि यहाँ अवतरण गरिएको हो । पाइलट, यात्रुसहित हेलिकोप्टरमा क्षति नभएको प्रहरीले जनाएको छ ।

चालकदलका दुईसहित काठमाडौं भ्यू टावरका निर्माता समेत रहेका मनोज भेटवाल हेलिकोप्टरमा सवार रहेको प्रहरीले जनाएको छ ।

उनका अनुसार व्यक्तिगत रूपमा हायर गरेर मान्छे भेट्न आएको हेलिकोप्टर शनिबार (आज) साँझ अबेला मात्रै यहाँ आपतकालीन अवतरण गरेको हो ।

विराटनगर एयरपोर्टले ल्याण्डका लागि अनुमति नदिएपछि धानखेतमा आकस्मिक अवतरण गरेको बताइएको छ । हेलिकप्टर ल्याण्ड गर्ने बेलामा दुर्घटनामा पर्न लागेजस्तो देखिएको स्थानीयले बताएका छन् । पछि धानखेतबाट चउरमा हेलिकप्टर सारिएको थियो ।

ड्रग्सको केसमा जेलमा बसिरहेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान यतिबेला तनाबमा रहेका छन् । उनी अहिले पनि मुम्बईको आर्थर रोड जेलमा नै रहेका छन् ।

परिवार संग समेत भेट गर्न नपाईरहेका उनलाई पिता शाहरुख खानले भिडियो कल गरेका छन् । भिडियो कलमा बोल्दै उनले आर्यनको अवस्था बारे जानकारी लिएका थिए । परिवारको सदस्यहरुलाई समेत भेट्न प्रतिबन्ध लागेको बेला शाहरुखले भिडियो कल मार्फत आर्यन संग बोलेका थिए ।

उनले छोरा आर्यन संग ३ दिन अघि भिडियो कल गरेको भारतीय संचारमाध्यम इन्डियन एक्सप्रेसले जनाएको छ । त्यस्तै शाहरुखले छोराका लागि केही पैसा समेत पठाएका छन् ।

उनले मनी अर्डरको माध्यमबाट आर्यनलाई ४५ सय भारु पठाएका छन् । उनले सो रकम आर्यनको खानाको खर्चको लागि पठाएका हुन् । आर्यन यतिबेला घरको खाना बाट बञ्चित रहेका छन् ।

उनले जेल भित्रकै क्यान्टिनको खाना खाईरहनु परेको छ । २३ वर्षीय आर्यन भारतको लागूऔषध नियन्त्रण ब्युरोबाट ३ अक्टोबरमा समातिएका थिए ।


Last Updated on: October 17th, 2021 at 10:26 am
१७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया