
पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाल भारतसँग पराजित भएको छ ।
माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिपको भारतले जितेको छ । मालेस्थित नेशनल स्टेडिएयमा शनिबार भएको खेलमा नेपाललाई ३–० गोल अन्तरले हराउँदै भारतले उपाधि हात पारेको हो ।
पहिलो हाफमा बराबरीमा रोकिएको खेल दोस्रो हाफमा भारतले लगातार २ गोल गरेको थियो । खेलको ८९औं मिनेटमा भारतले पुनः गोल गरेर अग्रतालाई ३–० बनायो । यसअघि भएको खेलमा भारतसँग नेपाल १–० गोल अन्तरले पराजित भएको थियो ।
माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार नेपाललाई ३-० पराजित गर्दै भारतले आठौं पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो ।
पहिलो पटक फाइनल पुगेको नेपाल भने फाइनलमा पराजित हुँदै उपविजेतामा सिमित भयो ।
छोरा आर्यन खान ड्रग्स पार्टी गरेको आरोपमा पक्राउ परेपछि यतिबेला किङ खानका नामले परिचित भारतीय अभिनेता शाहरुख खान तनाबमा फसेका छन्।
छोरा हालसम्म हिरासत मै छन् भने यता ड्रग्सका कारण विज्ञापन दाताहरुले सबै काम रोकेका छन् । यतिसम्म कि तीन वर्षपछि निर्माण भइरहेको उनको चलचित्रको काम पनि यतिबेला रोकिएको छ ।
विज्ञापन दाता कम्पनीहरुले उनी अभिनित विज्ञापन बजाउन रोक्न शुरु गरिसकेका छन् । बायजुले त विज्ञापन शुरुमै रोकिसकेको छ ।
शाहरुख खानले अहिले विभिन्न ४० वटा ब्राण्डका लागि काम गरिरहेका छन् । उनले एउटा विज्ञापन खेले वापत वार्षिक ३ देखि ५ करोड भारु लिन्छन् । अहिले सामाजिक सञ्जालमा शाहरुख खानलाई लक्षित गरी ट्रोल भइरहेको छ भने आलोचना पनि उसै गरी भइरहेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार खानसँग ६०० करोड रुपैयाँ बराबरको लगानी यी ब्राण्डहरुले गरि सकेका छन् ।
जसका कारण उक्त लगानी अहिले जोखिममा परेको छ । फोर्ब्सका अनुसार शाहरुख खानको कुल सम्पत्ति ५ हजार ११६ करोड भारु छ । अहिले ड्रग्सको विवादपछि नयाँ विज्ञापन तथा फिल्महरु पाउने अवस्था छैन ।