मंगलबार १६ आश्विन २०८०

नेपालको चर्चित रियालीटी सो हो ‘द भाईस अफ नेपाल’ । अहिले ‘द भोइस अफ नेपालको तेस्रो संस्करण चलिरहेको छ । ब्ल्वाईड अडिसन सकेर ब्याटल राउण्ड चलिरहेको भ्वाइसको अबको हप्ता ब्याटल राउन्ड सकिन्छ ।

भ्वाइसमा प्रमोद खरेल, दिप श्रेष्ठ, राजु लामा र तृष्णा गुरुङ रहेका छन् । भ्वाइस अफ नेपाल नेपालको एकमात्र बहुचर्चित रियालिटी शो हो । उत्कृष्ट प्रतिभा, भ्वाइसको प्लेटफर्मले गर्दा यो निकै चर्चित बनेको हो ।

recommended by
Mgid
Mgid

GOODMENONTHEGO
Stop failing in bed, use this
Israel #1 sexual health remedy 2019
LEARN MORE

 

यहाँ आफ्नो प्रस्तुति राख्न लाखौ युवाको धोको हुन्छ । डिजिटल अडिसन, ब्लाईन्ड अडिसन हुँदै अहिले ब्याटल राउन्ड चलिरहेको छ । यस्तै ब्याटल राउन्डबाट नकआउटमा प्रबेश गरेकी एक प्रतिस्पर्धी हुन सुजिता योन्जन ।

ब्लाइन्ड अडिसनमा मनिला सोताङको ‘दुख्छ छाती,पोल्छ मुटु’ बोलको गीत गाएकी उनलाई कोच दिप श्रेष्ठले आफ्नो टिममा लिएका थिए ।

ब्याटलमा सुजिता र उनकी प्रतिस्पर्धी विवेक रुचालले “माया नमार” बोलको गीत गाएका थिए । ब्याटलमा दुईजना मध्ये एकजना आउट हुनु नै थियो । राम्रो गाउँनेलाई कोचले आफ्नो टिममा राख्नुपर्ने नियम अनुसार सुजितालाई कोच दिप श्रेष्ठले राखेका हुन् ।

रामेछाप दोरम्बा गाउपालिका-५ गुन्साल स्थित धारापानी स्थायी घर भएका सुजिता योन्जन ‘द भोइस अफ नेपाल’को सिजन ३ को ब्याटल राउन्ड पार गरेकी हुन । भ्वाइस अफ नेपाल शुक्रबार, शनिबार हिमालय टेलिभिजनमा प्रशारण हुँदै आईरहेको छ ।

रामेछापको पाखापखेरोमा बाख्रा गोठालो जाँदा,घाँस काट्न जाँदा गीत गुनगुनाइराख्ने सुजिता अहिले काठमाडौँ स्थित दक्षिणढोकामा बस्दै आइरहेकी छिन् ।

उनको सालिनता र मिठास बोलिले अहिले सबैलाई मन्त्रमुग्ध बनाएको छ । ब्लाईण्ड र ब्याटलमा राम्रो प्रस्तुति दिएकी सुजिताले नकाआउटमा कस्तो गाउछिन त्यो भने हेर्न बाकी नै छ ।

 

 

 


Last Updated on: May 15th, 2021 at 12:03 pm
५६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया