
गोरखामा आज बिहान भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान चार बजेर ९ मिनेट जाँदा गोरखाको मानबु आसपास केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हो ।
केन्द्रले यो नयाँ भूकम्प नभएर पराकम्प भएको बताएको छ ।
केन्द्रका अनुसार यो २०७२ सालको बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलव ६ रेक्टर स्कलेको भूकम्पकै परकम्प हो ।
यो भूकम्प पछि सयौँ परकम्प गइसकेको केन्द्रले जनाएको छ ।
काठमाडौ- अदुवा स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मान्निछ । यो एउटा कन्दमुल हो । यसको सेवन प्राय मानिसहरुको भान्सामा हुने गर्दछ । यसको सेवन गर्दा विभिन्न रोगबाट मुक्त हुने गर्दछ । अदुवा नेपालमा सर्वसुलभ पाइने बिरुवा हो । खासगरी, यसको जरालाई मसला र औषधिका रूपमा प्रयोग गरिन्छ ।
यसले थुप्रै रोगका लागि औषधिको काम पनि गर्छ । तर, स्वास्थ्यसम्बन्धी केही यस्ता अवस्थामा अदुवाको प्रयोग गर्नुहुँदैन ।तौल बढाउन चाहनेले सकभर अदुवा नखाँदा राम्रो हुन्छ । किनकि, यसले तौल कम गर्ने काम गर्छ ।
रगतसम्बन्धी समस्या छ भने पनि अदुवा नखाँदा नै बेस हुन्छ । रगत पातलो हुनेसम्बन्धी कुनै पनि समस्या भएकाले अदुवाको प्रयोग गर्नुहुँदैन ।गर्भवती महिलाका लागि अदुवा त्यति उचित मानिदैन यसले औषधिसँग मिलेर अझ बढी समस्या निम्त्याउँछ ।
प्रतिकृया दिनुहोस