
डायलासिसका लागि आउजाउ गर्न समस्या भएपछि बढैयाताल गाउँपालिका–२, फुटाहा, बर्दियाका १७ बर्षिय मिर्गौला पीडित राजु परियारले भेरी अस्पताल जनरल वार्ड भवनको च्यानल गेटको प्यासेजलाई आफ्नो बासस्थान बनाएका छन् ।
झण्डै दुई महिनादेखि सोही ठाउँमा डेरा जमाएर बसेको उनकी आमा मखमली दर्जीले बताइन् ।उनी एक्लै त्यहाँ बस्दैनन् उनको साथमा आमा मखमली र १४ बर्षिया बहिनी पनि साथमै बस्छन् । ‘बर्दियाबाट डायलासिसका लागि आउजाउ गर्न आर्थिक समस्या भएपछि भेरी
अस्पतालको च्यानल गेटलाई डेराको रुपमा प्रयोग गर्न बाध्य भयौँ,’ मखमलीले भनिन् ।उनीसँग भएको ५ कट्ठा जमिन पनि बैंकमा छ । उपचारका लागि साहु र इष्टमित्र सँग लिएको रकम बुझाउन बैंकबाट पाँच लाख रुपैँया लिएको उनको भनाई छ ।
बैंकको ऋण तिर्न उनका पति कतार पुगेका छन् । उहाँ (पति) ले पठाएको रुपैँया बैंकको साँवा र ब्याज बुझाउन ठिक्क हुन्छ । छोराको उपचार गर्न र छोराछोरीलाई खानलाउन के ले दिने हो,’ उनले भनिन् ।
छोरा आर्यन खान ड्रग्स पार्टी गरेको आरोपमा पक्राउ परेपछि यतिबेला किङ खानका नामले परिचित भारतीय अभिनेता शाहरुख खान तनाबमा फसेका छन्।
छोरा हालसम्म हिरासत मै छन् भने यता ड्रग्सका कारण विज्ञापन दाताहरुले सबै काम रोकेका छन् । यतिसम्म कि तीन वर्षपछि निर्माण भइरहेको उनको चलचित्रको काम पनि यतिबेला रोकिएको छ ।
विज्ञापन दाता कम्पनीहरुले उनी अभिनित विज्ञापन बजाउन रोक्न शुरु गरिसकेका छन् । बायजुले त विज्ञापन शुरुमै रोकिसकेको छ ।
शाहरुख खानले अहिले विभिन्न ४० वटा ब्राण्डका लागि काम गरिरहेका छन् । उनले एउटा विज्ञापन खेले वापत वार्षिक ३ देखि ५ करोड भारु लिन्छन् । अहिले सामाजिक सञ्जालमा शाहरुख खानलाई लक्षित गरी ट्रोल भइरहेको छ भने आलोचना पनि उसै गरी भइरहेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार खानसँग ६०० करोड रुपैयाँ बराबरको लगानी यी ब्राण्डहरुले गरि सकेका छन् ।
जसका कारण उक्त लगानी अहिले जोखिममा परेको छ । फोर्ब्सका अनुसार शाहरुख खानको कुल सम्पत्ति ५ हजार ११६ करोड भारु छ । अहिले ड्रग्सको विवादपछि नयाँ विज्ञापन तथा फिल्महरु पाउने अवस्था छैन ।