मंगलबार ०७ चैत्र २०७९

गुल्मी | गुल्मीका सचिन परियार जो उमेर ९ वर्ष। निर्दोष स्वभाव। हँसिलो अनुहार। बोलीमा चञ्चलता र मिठास। गुल्मीका सचिन परियार। अहिले सोसल मिडियाका हरेक प्लेटफर्ममा हिट छन्।

अहिले सचिनलाई म्युजिक भिडियोदेखि टेलिफिल्ममा लिनका लागि तँछाड–मछाड नै देखिन्छ। रमाइलो तरिकाले बोल्ने शैलीका कारण चर्चामा आएका सचिनको यात्रा तत्कालका लागि निकै फैलिएको छ।

पहिलोपटक गुल्मीबाटै लेकसाइड टिभी युट्युब च्यानलमा अन्तर्वार्ता दिएका सचिनको बोल्ने शैली र हँसिलो आनीबानीले धेरैलाई तानेको थियो। पछिल्लो समय लोकप्रिय बनेको एप्स् ‘टिकटक’मा त्यसताका उनी निकै छाए।

सचिनको आवाजमा टिकटक बनाउन नाम चलेकै कलाकारले पनि लिप्सिङ दिए।आज उनी सचिन दशैंमा घर जादा बुवा तेजेन्द्रमा ठुलो परिवर्तन र नया काम देखेका छन् हेरौ –

भारतीय सेनाका उच्च अधिकारीको नेतृत्वमा ३९ जना सहभागी टोली ६ दिने नेपाल भ्रमणमा आउने भएको छ।

भारतको राष्टिय रक्षा महाविद्यालय (नेशनल डिफेन्स कलेज) मा सञ्‍चालित नेशनल डिफेन्स कोर्समा सम्मिलत प्रशिक्षार्थी र अधिकारीहरुले त्यहाँका वरिष्ठ निर्देशक तथा भारतीय जल सेनाका रियर एडमिरल धीरेन भिगको नेतृत्वमा नेपाल भ्रमण गर्ने भएको हो।

यो ३९ सदस्यीय टोलीले ६ कात्तिकसम्म नेपाल भ्रमण गर्नेछ। उक्त टोलीले प्रधानमन्त्री, रक्षामन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेटघाट गर्ने सैनिक प्रवक्ता सहायक रथी सन्तोष वल्लभ पौडेलले जानकारी दिएका छन्।

उनका अनुसार रक्षा टोलीले जंगी अड्‍डा भद्रकाली, मध्य कमाण्ड हेडक्‍वाटर पोखरा र कमाण्ड तथा स्टाफ कलेज शिवपुरीको भ्रमण गर्ने छन्। यसका साथै उक्त टोलीद्वारा पशुपतिनाथ, मुक्तिनाथ मन्दिर, होटल एभरेष्ट भ्यू नाम्चे तथा चन्द्रागिरीको भ्रमणलगायत नारायणहिटी संग्रहालयको समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ।

छिमेकी मित्रराष्ट्रका सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देश बीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवं बृहत्तर पार्न थप मद्दत पुग्ने तथा दुई देशबीच आपसी हित र पारस्परिक सम्बन्ध समेत सुमधुर तथा प्रगाढ हुने विश्वास लिएको नेपाली सेनाले जनाएको छ।

 


Last Updated on: October 17th, 2021 at 1:38 pm
१७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया