शुक्रबार १५ मंसिर २०८०

साथमा २० हजार लिएर छोराको उपचार गराउन हिडेकी खिन्ति पुन अहिले प्युठान अस्पतालको ५ नम्बर बेडमा छिन ।
खिन्तीले कहिदिन पहिले आफ्नो छोराको स्वास्थमा समस्या देखिएपछि रोल्पा सुलिचौरमा उपचार गराउन लगिन । त्यहा सन्चो नभएपछी ससोज ११ गते छोरा राजेस पुन लाई प्युठान अस्पतालमा ल्याईन । त्यहिदिन देखि छोरालाई अस्पतालमा भर्ना गरियो ।
प्युठान अस्पतालका बालरोग विशेषज्ञ डाक्टर सौरब श्रेष्ठका अनुसार बच्चालाई निमोनिया भएको र मुटुमा समेत समस्या बएको बताए ।
खिन्तिले गहभरी आँसु ल्याउदै गाउबाट रिण काडेर लिएको पैसा बच्चाको उपचार गराउदा र एम्बुलेन्स भाडा दिदा सकिएको बताउछिन ।
अहिले बच्चालाई आर्थिक अभाबका कारण डाक्टरले लेखेको औषधि समेत चलाउन सकिएको छैन ।
अस्पतालका डाक्टरले हामिलाई फोन गरिसकेपछी हामी अस्पतालमा पुग्यौ । गहभरी आँसु ल्याउदै बच्चाकि आमाले छोरालाई बचाईदिन भन्दै सहयोग अपिल गरिन ।
बच्चालाई राम्रोसँग एन्टिबायोटिक चलाए केही सुधार हुन सक्ने र अहिले अस्पतालबाटै सहजीकरण गराउदै बच्चाको उपचार भैरहेको डाक्टरले बताए ।
रोल्पाको लुङ्री ३ मा घर बताउने आमा खिन्तीले आफ्नो श्रीमान बच्चाको उपचारको लागि गाउमा रिण काड्न गएको बताउछिन । तर अहिलेसम्म पैसा उपलब्ध नभएको बच्चाकि दिदिले बताईन ।
आर्थिक अभाबले प्युठान अस्पतालको सैयामा छटपटाईरहेका बालकको उपचारको लागि सकिन्छ सहयोग गरौ सकिन्न शेयर गरौ । तपाई हाम्रो सानो सहयोग ले बच्चाको जीवन जोगिन सक्छ ।
केही जानकारी लिनु परेमा बच्चाको दिदीको नम्बर उपलब्ध गराएका छौ 974-6388321

 


Last Updated on: October 17th, 2021 at 4:07 pm
२२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया