
लोकप्रीय हाँस्य कलाकार मनोज गजुरेललाई शो’क परेको छ । उनले भाई गुमाएका छन् । मामा घरका भाईको निधन भएको उनले लेखेको स्टटासवाट बुझ्न सकिन्छ । आइतवार लामो स्टटास लेख्दै मनोजले भाई प्रति निकै माया दर्साएका छन् । उनको लेखाई निकै भाव विह्वल छ ।
उनले फेसबुक मार्फत आफूलाई परेको शोकको जानकारी गराउँदै यस्तो स्टाटस लेखेका छन्,प्यारो भाइ विवेक?तिम्रो भौतिक शरीरबाट निस्किएको आकास तत्व (आत्मा)को अनन्तयात्रा मङ्गलय बनोस् । यदी तत्कालै पुनर्जन्मको योग छ भने फेरीपनि हाम्रै मावली खलकमा जन्म लेउ, हामी प्रतीक्षा गरिरहनेछौँ साने?हरि ॐ तत्सत् अर्थात् यही नै सत्य हो?
उनले लेखेका छन्,तिमी हाम्रो माईला मामाको एक्लो छोरोमात्र थिएनौ, एउटा ईमानदार, भद्र र परिश्रमी युवा पनि थियौ । उहिले जीवन म र णको ल’डा’इँ ल डि रहनु भएका मामाले तिमी जन्मिएको खबर सुनेर लामो श्वास फेर्दै भन्नू भएको अझै याद छ (५ वटी छोरीपछि जन्मिएको यही छोरो हुर्किएर आमालाई पाल्छ, अब म म रेपनि चिन्ता छैन ।’
नभन्दै सानैदेखि संघर्ष गर्यौ । माईजुको बाँ च्ने साहारा भयौ । पाँच दिदिहरुको एक्लो माईती बन्यौ । आफन्तको आशलाग्दो सदस्य रह्यौ। हाम्रो हँसिलो, प्यारो र मनपर्ने मावली भाइ थियौ । ।।।तर, २२ बर्षको कलिलो उमेरमै शरीर छोड्यौ ! हामीलाई अन्त्यन्तै, अन्त्यन्तै र अत्यन्तै पी डा छोडेर गयौ भाइ ?
माइजू कुन मनोदशाबाट गुज्रिरहनु भएका होला ? दिदीहरुलाई के बितिरहेको होला ? मामा सानिमाहरु दुस्खको कत्रो पोखरीमा डु बे का होलान् ? हामी अत्यन्तै म र्मा हत भएका छौँ कान्छा ! हाम्रा बुबा बि तेपछि आमाले हामीलाई मावली गाउँमा गुँ ड सार्नुभयो । एक प्रकारले भनौं, मावलीघरमा शरण पायौं ।
बुबा नभएपनि बाल्यकालमा मामाहरुबाट एकप्रकारको अभिभावकत्व पायौं । त्यसमापनि माईलामामाको सरल र सहयोगीपनले आमालाई ७ वटा बचेरा च्या पे र माईतीमा बस्न सहज बनायो । तिमी त्यो व्यक्तीको वीज हौ जोसँग हाम्रो ‘मामाभान्जा’भन्दा गहिरो प्रेम, अग्लो नाता र बलियो स म्ब न्ध थियो ?
मामा बि तेपनि आमाले तिमीलाई ‘माईलो भाइ’ मान्नुहुन्थ्यो । माईजुले आमालाई अभिभावक ठान्नुहुन्थ्यो । हामी तिमीमा हाम्रा ती माईलामामाको स्वभाव देख्थ्यौँ जो सोझो, परिश्रमी र प्रेमल हुनुहुन्थ्यो । ‘रमिते’को लेकमा गोठ बस्दा होस् वा ‘मल्लिंडे’को बेँशीमा खेत जो त्दा होस्, ‘झिलझिले’मा अधियाँ कमाउदा होस् वा ‘दमक’मा बनिबुतो गर्दा होस्( हाम्रा माईलामामाले हाम्री आमालाई यति सहयोग गर्नुभयो कि सायद आमाले कहिल्यै एक्लो महसुस गर्नु भएन । अनि हामीले पनि !
हाम्री आमा अर्थात् ‘ठुल्दिदी’ र तिम्रा बुबा अर्थात् ‘माईलो भाइको प्रेमपुर्ण स म्ब न्ध कमै दिदीभाइको हुन्छ होला ! त्यस्तो प्यारो भाइको एकमात्र छोरो, तिमी यस संसारमा छैनौ भन्दा तिम्री ‘ठुली फूपू’ अत्यन्तै म र्मा हत हुनुहुन्छ ! हाम्रा सबैभन्दा प्यारा ‘माईलामामा’को पुत्राधिकारी सकियो भन्ने सुन्दा हामी भाव विह्वल भएका छौँ बाबू ?
मृ त्यु शाश्वत सत्य हो तर यति चाँडो हुनुहुन्थेन, विस्मात यसैमा छ ! ६ सन्तानको भारी बोकेर दुस्खका विकट पहाडबाट छिचोल्दै माइजू बल्ल सुखको श्वास फेर्न खोज्दै हुनुहुन्थ्यो तर तिम्रो दे हा न्तले उहाँको यात्रामा फेरि ड र लाग्दो भीरको उकालो बाटो आईपुगेको छ । माइजू, ५ दिदिहरु, तिम्रा मावली र हामीलाई तिम्रो अभावले सताई रहनेछ । हार्दिक श्रद्धाञ्जली विवेक ?
सायद अहिले तिम्रो आत्मा ‘माईलामामा’ले गोठ पालेर आधा जिन्दगी बिताएको गुराँसे र रमितेको पातलतिर विचरण गर्दै होला ! झिलझिले, काठमाण्डौ, सप्तरीतिर फन्को मा र्दै होला ! पुत्रवियोगमा छ ट पटिएकी आमाको वरीपरी घुम्दै होला । भातृवियोग रो ई रहेका दिदी भिनाजुको छेउछाउ तरङ्गित हुँदै होला !
माईजु, दिदी भिनाजु र हाम्रो याद छोडेर आफ्नो मुलमा जाउ विवेक ! अब दिदी भिनाजुले आमाको सेवा गर्नेछन् । हामी लगायतका आफन्तले सहयोग गर्नेछौँ । तिमीले अब यो भौतिक जगतको चिन्ता गर्नु पर्दैन । तिम्रो भौतिक शरीरबाट निस्किएको आकास तत्व (आत्मा)को अनन्तयात्रा मङ्गलय बनोस् । यदी तत्कालै पुनर्जन्मको योग छ भने फेरीपनि हाम्रै मावली खलकमा जन्म लेउ, हामी प्रतीक्षा गरिरहनेछौँ साने?हरि ॐ तत्सत् ?