
जीवन को हरेक पाइला, सुख, दुख मा साथ दिएकी तिमी आज मलाइ एक्लै पारि किन गयौ?
अलबिदा मेरी प्राण सखी जीवन को हरेक पाइला, सुख, दुख मा साथ दिएकी तिमी आज मलाइ एक्लै पारि किन गयौ? आज सम्म एक सिन्को पनि सिकायत को मौका दिएकी थिएनौ, मेरो मन मा के छ, के सोच्दै छु, के चाहिन्छ? सबै पहिले नै थाहा हुन्थ्यो तिम्लाइ । जिन्दगी को यात्रा लामो थियो तर बिच मै तिम्ले नबिउझिने गरि विश्राम किन लियौ?
तिमी जस्तो श्रीमती पाउनु भग्यमानी भन्दा नि ठूलो ठन्थे, तर अब त्यसमा कहिले नहट्ने कालो ग्रहण लाग्यो । प्रिय, तिमी बिना मेरो जिन्दगी अन्धकार , अधुरो भयो, सधै हुने छ। अन गिन्ती कति वाचा थिए अब कहिले पूरा हुने छैन ।
तिम्रो लागि मेरो माया अपार थियो, छ र रहनेछ तिमी यो संसार छोडी जहाँ भए नि सधै खुशि रहनु, हजार जुनि लिनु परे पनि तिमी मेरै हुनु म तिम्रै हुनेछु । अदृस्य रुप मा भए नि मलाइ र छोरा लाई मार्ग दर्शन दिनु ।
मेरो शरीर को हरेक कण कण मा तिमी सधै हुने छौ । स्वर्ग मा तिम्रो वास होस। अर्को जुनि को लागि मेरो प्रतिक्षा गर्नु । अलबिदा मेरी प्यारी प्राण ! – वेद प्रकाश चौधरी ले आफ्नी श्रीमती लाई सम्झिदै लेखेको यो मनै रुवाउने फेसबुक स्टाटस
काठमाडौ। काठमाडौंको बौद्ध बस्ने एक महिलासँग घुस लिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुईजना प्रहरीलाई पक्राउ गरिएको छ ।प्रहरी वृत बौद्धबाट खटिएको टोलीले प्रसनि (असई) सञ्जीव बस्नेत र जवान सुरज खड्कालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए।
केन्द्रीय प्रहरी विशेष कार्यदल, कपनमा दरबन्दी भएका बस्नेत र खड्का विमास्थलमा कार्यरत थिए । उनीहरुले बौद्धकी एक महिलालाई ‘तपाइँसँग लागु औषध रहेको सुचना पाएका छौं, पैसा नदिए पक्राउ गर्छौं’ भनेर ९० हजार घुस लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । पक्राउ गरिएका प्रहरी कर्मचारीलाई विभागीय कारवाही गरिने एसपी बस्नेतले बताए ।
डरलाग्दो भ्रष्टचार काण्ड, १ महीनामा करोडौं स्वाहा
आफ्नै आर्थिक नियमको धज्जी उडाउँदै गत वर्ष एउटै बैठकमा तीन लाख ३९ हजारको चिया पिएका काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिले त्यसभन्दा अघिल्लो वर्ष झन् धेरै आर्थिक बेथिति गरेको सार्वजनिक भएको छ।
महालेखापरीक्षकको कार्यालयको ५८औँ प्रतिवेदनअनुसार उनीहरूले कानुनविपरीत एकै दिन एकभन्दा बढी बैठक बसेर सुविधा मात्रै लिएका छैनन्, लकडाउनको समयमा समेत अतिरिक्त काम गरेको भन्दै ‘लकडाउन भत्ता’ पनि बुझेका छन् । मेयर–उपमेयरसहितका पदाधिकारीहरूले यसरी नियमविपरीत बुझेको एक करोड ३६ लाख ४४ हजार असुल गर्न महालेखाले निर्देशन दिएको छ ।