सोमबार १८ मंसिर २०८०

दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ)मा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्किएका छन् ।नेपाली टिम सोमबार बिहान ९ बजे स्वदेश फर्किएका हुन् ।

नेपाली टोलीलाई खेलकुद मन्त्री महेश्वर गहतराज तथा अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी लगायतले भव्य स्वागत गरे । साथमा फुलबल समर्थकहरुको पनि उपस्थिति थियो ।

यसअघि फाइनलमा भारतसँग तीन शून्य गोलअन्तरले पराजित भएपछि समर्थकलाई सम्बोधन गरी नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले टिमको स्वागतमा विमानस्थल पुग्न आग्रह गरेका थिए । नेपाली टोली साफ इतिहासमा पहिलोपल्ट फाइनलमा पुगेको हो । उपाधि लक्ष्यमा भारत बाधक रहे पनि नेपालले उत्कृष्ट शैलीमा फुटबल खेलेकोमा सबैले प्रशंसा गरेका छन् । पाकिस्तान र भुटान सहभागी नभएपछि ५ टोलीबीच भएको प्रतिस्पर्धामा नेपालले आयोजक माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको थियो भने बंगलादेशसँग बराबरी खेलेको थियो ।

यता नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल आएनन् । कुवेतका फुटबल म्यानेजर अलमुताइरी माल्दिभ्सबाटै कुवेत गएका छन् । त्यहाँ उनी परिवारसँग केही समय बिताएर नेपाल फर्किने अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतले जनाएको छ ।

साफ च्याम्पियनसिपपछि मुख्य प्रशिक्षकबाट राजीनामा दिने र नेपाल कहिल्यै नफर्किने घोषणा गरेका उनी नेपाल आएर नेपाली टोली सम्हाल्न राजी भएको एन्फा स्रोतले जनाएको छ । अलमुताइरी सन् २०२२ को फिफा विश्वकप छनोट र सन् २०२३ को एसिया कपअन्तर्गत दोस्रो चरणको छनोटका लागि नेपाली टोली सम्हाल्न नेपाल आएका थिए । प्रो-लाइसेन्स प्राप्त अलमुताइरी २०७७ चैतमा नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए ।

माल्दिभ्सको राजधानी मालेमा शनिबार राति भएको फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित हुँदै उपविजेता बनेको थियो । फाइनलमा पराजित भएपछि नेपाल ऐतिहासिक उपाधि जित्नबाट विमुख भएको थियो । तर,पहिलो पटक साफ च्याम्पियनसिपको उपविजेता बनेर नेपालले इतिहास भने रच्न सफल भयो ।

काठमाडौ। काठमाडौंको बौद्ध बस्ने एक महिलासँग घुस लिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुईजना प्रहरीलाई पक्राउ गरिएको छ ।प्रहरी वृत बौद्धबाट खटिएको टोलीले प्रसनि (असई) सञ्जीव बस्नेत र जवान सुरज खड्कालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए।

केन्द्रीय प्रहरी विशेष कार्यदल, कपनमा दरबन्दी भएका बस्नेत र खड्का विमास्थलमा कार्यरत थिए । उनीहरुले बौद्धकी एक महिलालाई ‘तपाइँसँग लागु औषध रहेको सुचना पाएका छौं, पैसा नदिए पक्राउ गर्छौं’ भनेर ९० हजार घुस लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । पक्राउ गरिएका प्रहरी कर्मचारीलाई विभागीय कारवाही गरिने एसपी बस्नेतले बताए ।

डरलाग्दो भ्रष्टचार काण्ड, १ महीनामा करोडौं स्वाहा

आफ्नै आर्थिक नियमको धज्जी उडाउँदै गत वर्ष एउटै बैठकमा तीन लाख ३९ हजारको चिया पिएका काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिले त्यसभन्दा अघिल्लो वर्ष झन् धेरै आर्थिक बेथिति गरेको सार्वजनिक भएको छ।

महालेखापरीक्षकको कार्यालयको ५८औँ प्रतिवेदनअनुसार उनीहरूले कानुनविपरीत एकै दिन एकभन्दा बढी बैठक बसेर सुविधा मात्रै लिएका छैनन्, लकडाउनको समयमा समेत अतिरिक्त काम गरेको भन्दै ‘लकडाउन भत्ता’ पनि बुझेका छन् । मेयर–उपमेयरसहितका पदाधिकारीहरूले यसरी नियमविपरीत बुझेको एक करोड ३६ लाख ४४ हजार असुल गर्न महालेखाले निर्देशन दिएको छ ।

 


Last Updated on: October 18th, 2021 at 1:13 pm
३४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया