मंगलबार ०९ आश्विन २०८०

लोकप्रिय लोकदोहोरी गायक रामजी खाँडले काठमाडौंमा आफ्नै घर बनाएका छन।झन्डै २ दशक लामो संगीत यात्रामा लागिरहेका रामजीले आफ्नो ठुलो सपना पुरा गरेका हुन्। राजधानीमा ८ सय बोकेर श्रीमती सहित जागिर खोज्न आएका

रामजीको निकै कहालीलाग्दो जीवन कहानी रहेको छ।सबै संग मिल्ने र सबैको प्रिय बनेका रामजी आफुलाई सरल गायक भनेर चिनाएका छन।यति मात्रै हैन एक संस्कारी गायकको रुपमा रहेका रामजीले दोहोरी क्षेत्रलाई एकलौटी बनाएर आम नेपालीको मन जितेका थिए।

आज भन्दा झन्डै २० बर्ष अगाडी राजधानीमा आएका रामजीले सुरुमा दोहोरी साँझमा काम गर्थे भने सानो कोठामा भाडा तिरेर बस्ने गर्दथे, श्रीमती सहित आएका रामजीको २ सन्तान जन्मिए त्यस पछि त् झन् मुस्किल भयो जीवन चलाउन,थोरै तलब पाउने र त्यहि पैसाले परिवार देखि सबै जिम्मेवारी बहन गर्नु पर्ने भएको कारण

उनलाई बच्न पनि मुस्किल होला भन्ने चिन्ता बढ्यो र अन्तत कलाकारिता त्यागेर विदेश जाने निर्णय गरे। विदेशको अन्तिम तयारीमा रहेका खाडले अन्तिम गीत गरेर बाहिरिने सोचे, एता नया सन्तानको आगमन उता नया गीतको सोच र अर्को तिर विदेश यात्राको तयारी एकै पटक हुदै गर्दा रामजीलाइ सकस थियो

तर उनले ऋण गरेरै गीत गरे त्यहि गीतले उनको जीवन बदलिदियो। देउरालीको भट्टी पसल गीतबाट रामजी खाड बिदेशिनबाट जोगिएका हुन्।उनले हाल ५ करोड बराबरको आफ्नै घर बनाएका हुन्। राजधानीको सीतापाइलाबाट केहि भित्र उनको आफ्नै घर छ।उनले भर्खरै घर बनाएर सरेका हुन्। उनि बिगत सम्झेर भाबुक समेत भए,

सुरुमा तरकारी किन्ने पैसा न भएर सधै गाउँबाट ल्याइएको गुन्द्रुकको झोल खाएको देखि आफुले कपडा किन्नको लागि दाईजो पाइएको सुन बेचेर लगाइएको सम्मको बिगत सम्झिदा उनि भाबुक भएका हुन्। धेरै संघर्षले जन्मिएका रामजीका झन्डै ५ हजार बढी गीत छन। उनको घरमा पुग्दा प्रमाणपत्रको चाङ्ग थियो भने सबैतिर सम्मान पाइएको तस्बिर थियो। भिडियो

काठमाडौ। काठमाडौंको बौद्ध बस्ने एक महिलासँग घुस लिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुईजना प्रहरीलाई पक्राउ गरिएको छ ।प्रहरी वृत बौद्धबाट खटिएको टोलीले प्रसनि (असई) सञ्जीव बस्नेत र जवान सुरज खड्कालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए।

केन्द्रीय प्रहरी विशेष कार्यदल, कपनमा दरबन्दी भएका बस्नेत र खड्का विमास्थलमा कार्यरत थिए । उनीहरुले बौद्धकी एक महिलालाई ‘तपाइँसँग लागु औषध रहेको सुचना पाएका छौं, पैसा नदिए पक्राउ गर्छौं’ भनेर ९० हजार घुस लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । पक्राउ गरिएका प्रहरी कर्मचारीलाई विभागीय कारवाही गरिने एसपी बस्नेतले बताए ।

डरलाग्दो भ्रष्टचार काण्ड, १ महीनामा करोडौं स्वाहा

आफ्नै आर्थिक नियमको धज्जी उडाउँदै गत वर्ष एउटै बैठकमा तीन लाख ३९ हजारको चिया पिएका काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिले त्यसभन्दा अघिल्लो वर्ष झन् धेरै आर्थिक बेथिति गरेको सार्वजनिक भएको छ।

महालेखापरीक्षकको कार्यालयको ५८औँ प्रतिवेदनअनुसार उनीहरूले कानुनविपरीत एकै दिन एकभन्दा बढी बैठक बसेर सुविधा मात्रै लिएका छैनन्, लकडाउनको समयमा समेत अतिरिक्त काम गरेको भन्दै ‘लकडाउन भत्ता’ पनि बुझेका छन् । मेयर–उपमेयरसहितका पदाधिकारीहरूले यसरी नियमविपरीत बुझेको एक करोड ३६ लाख ४४ हजार असुल गर्न महालेखाले निर्देशन दिएको छ ।

 

 


Last Updated on: October 18th, 2021 at 3:21 pm
१६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया