मंगलबार ०९ आश्विन २०८०

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दमको समस्याले अस्पताल भर्ना भएका नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्था बुझेका छन् ।

प्रचण्डले थापाथलीस्थित नर्भिक अस्पताल पुगेर वैद्यको स्वास्थ्यलाभको कामना गरेका हुन् । दम बढेपछि शनिबार साँझ अस्पताल भर्ना भएका वैद्यको स्वास्थ्य अवस्था बुझ्नका लागि दाहाल सोमबार अस्पताल पुगेका हुन् । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार वैद्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

चिकित्सकहरूले वैद्यको स्वास्थ्य अवस्था क्रमशः सुधारोन्मुख रहेको जानकारी दिएको र अझै केही दिन अस्पतालमा नै राखेर उपचार गर्नुपर्ने जानकारी दिएको उनले बताए ।

वैद्यको स्वास्थ्य अवस्था बुझ्नका लागि दाहालसँगै स्थायी कमिटी सदस्य मातृका यादव पनि अस्पताल पुगेका थिए । यसअघि आइतबार बेलुकी प्रतिनिधिसभा सभामुख अग्नीप्रसाद सापकोटाले वैद्यलाई भेटेका थिए ।

स्वास्थ्यमा समस्या आएपछि आइतबार बिहान वैद्यलाई नर्भिक अस्पताल भर्ना गरिएको हो ।

काठमाडौ। काठमाडौंको बौद्ध बस्ने एक महिलासँग घुस लिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुईजना प्रहरीलाई पक्राउ गरिएको छ ।प्रहरी वृत बौद्धबाट खटिएको टोलीले प्रसनि (असई) सञ्जीव बस्नेत र जवान सुरज खड्कालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए।

केन्द्रीय प्रहरी विशेष कार्यदल, कपनमा दरबन्दी भएका बस्नेत र खड्का विमास्थलमा कार्यरत थिए । उनीहरुले बौद्धकी एक महिलालाई ‘तपाइँसँग लागु औषध रहेको सुचना पाएका छौं, पैसा नदिए पक्राउ गर्छौं’ भनेर ९० हजार घुस लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । पक्राउ गरिएका प्रहरी कर्मचारीलाई विभागीय कारवाही गरिने एसपी बस्नेतले बताए ।

डरलाग्दो भ्रष्टचार काण्ड, १ महीनामा करोडौं स्वाहा

आफ्नै आर्थिक नियमको धज्जी उडाउँदै गत वर्ष एउटै बैठकमा तीन लाख ३९ हजारको चिया पिएका काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिले त्यसभन्दा अघिल्लो वर्ष झन् धेरै आर्थिक बेथिति गरेको सार्वजनिक भएको छ।

महालेखापरीक्षकको कार्यालयको ५८औँ प्रतिवेदनअनुसार उनीहरूले कानुनविपरीत एकै दिन एकभन्दा बढी बैठक बसेर सुविधा मात्रै लिएका छैनन्, लकडाउनको समयमा समेत अतिरिक्त काम गरेको भन्दै ‘लकडाउन भत्ता’ पनि बुझेका छन् । मेयर–उपमेयरसहितका पदाधिकारीहरूले यसरी नियमविपरीत बुझेको एक करोड ३६ लाख ४४ हजार असुल गर्न महालेखाले निर्देशन दिएको छ ।

 

 


Last Updated on: October 18th, 2021 at 4:08 pm
१५० पटक हेरिएको

तपाईको प्रतिक्रिया