
सन् २०१५ मा घर नजिकैको एक युवकबाट एसिड आक्रमणमा परेकी संगिता मगर बैवाहिक सम्बन्धमा बाधिएकि छन् । संगिताले पाँचथरका २४ वर्षीय निश्चल लिम्बुसंग प्रेम विवाह गरेकी हुन् ।
नेपालट्युबसंग कुरा गर्दै संगिताले भन्नुभयो -‘एसिडको आक्रमणबाट मेरो जीवन सकियो जस्तो लागेको थियो, तर होइन रहेछ, आत्मबल बलियो भएमा जीवन फेरी सामान्य बन्दो रहेछ ।’ हाल काठमाडौंकै कुमारी बैंकमा कार्यरत संगिताले निश्चललाई आफ्नी आमाको माध्यमबाट चिन्नुभएको थियो । एक वर्ष जति प्रेममा बसेपछि बिहे गर्ने निर्णय गरेको संगिताले बताउनुभयो ।
काठमाडौ। काठमाडौंको बौद्ध बस्ने एक महिलासँग घुस लिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुईजना प्रहरीलाई पक्राउ गरिएको छ ।प्रहरी वृत बौद्धबाट खटिएको टोलीले प्रसनि (असई) सञ्जीव बस्नेत र जवान सुरज खड्कालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए।
केन्द्रीय प्रहरी विशेष कार्यदल, कपनमा दरबन्दी भएका बस्नेत र खड्का विमास्थलमा कार्यरत थिए । उनीहरुले बौद्धकी एक महिलालाई ‘तपाइँसँग लागु औषध रहेको सुचना पाएका छौं, पैसा नदिए पक्राउ गर्छौं’ भनेर ९० हजार घुस लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । पक्राउ गरिएका प्रहरी कर्मचारीलाई विभागीय कारवाही गरिने एसपी बस्नेतले बताए ।
डरलाग्दो भ्रष्टचार काण्ड, १ महीनामा करोडौं स्वाहा
आफ्नै आर्थिक नियमको धज्जी उडाउँदै गत वर्ष एउटै बैठकमा तीन लाख ३९ हजारको चिया पिएका काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिले त्यसभन्दा अघिल्लो वर्ष झन् धेरै आर्थिक बेथिति गरेको सार्वजनिक भएको छ।
महालेखापरीक्षकको कार्यालयको ५८औँ प्रतिवेदनअनुसार उनीहरूले कानुनविपरीत एकै दिन एकभन्दा बढी बैठक बसेर सुविधा मात्रै लिएका छैनन्, लकडाउनको समयमा समेत अतिरिक्त काम गरेको भन्दै ‘लकडाउन भत्ता’ पनि बुझेका छन् । मेयर–उपमेयरसहितका पदाधिकारीहरूले यसरी नियमविपरीत बुझेको एक करोड ३६ लाख ४४ हजार असुल गर्न महालेखाले निर्देशन दिएको छ ।