सोमबार १३ मंसिर २०७८

काठमाडौं १ कात्तिक । नेपालगञ्जदेखि २० दिनको यात्रा गरेर काठमाडौं आइपुगेका १५ जना महिलाको समुहले काठमाडौंस्थित माइतिघरमा महिला हिंसा गर्ने होसियार १ मौन बस्‍ने सरकार खबरदार’ भन्दै ११ दिन देखि धर्ना दिइरहेका छन् ।

बाँकेमा घरेलु हिंसाबाट आफ्नै परिवारका सदस्यकै मिलेमतोमा अकालमै ज्यान गुमाएकी नकुन्नी धोबी र निर्मला कुर्मीको हत्यारालाई कारवाही गर भन्दै उनीहरुमा धर्नामा बसेका हुन् ।

पीडित परिवारका सदस्य तथा महिला अधिकारकर्मीहरुको समुहले स्थानीय प्रहरी प्रशासनले मुद्धा दर्ता गर्न आलटाल गरेको र दोषीलाई पक्राउ नगरेको भन्दै उनीहरुमा धर्नामा बसेका हुन् ।

उनीहरुले धर्नामा महिला हिंसा गर्ने होसियार १ मौन बस्‍ने सरकार खबरदार’, कबतक हिंसा सही सरकार, अबतौ न्‍याय दैब हमार’ हमारे मानव अधिकार कहाँ हे सरकार रु’ जस्ता नारा लेखेका प्लेकार्ड बोकेर धर्नामा बसेका छन् ।

साथै दोषीलाई पक्राउ नगरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएपी मधुसुदन न्यौपानेलाई विभागीय कारबाही गर्न माग समेत उनीहरुले गरेका छन् ।

आफ्नो माग पुरा नभए सम्म आफुहरु धर्नामा बस्ने बताएका छन् ।

दोलखाबाट काठमाडौँ उपचारका लागि भनेर आएकि बुहारी एक्कासि कोटेश्वरमा ओर्लेपछि एकाएक हराएकि थिइन्।त्यसपछि आफन्तहरू आएर उनको खोजी गरेका थिए।आमाजू पनि सँगै आएर आफूलाई थाहा छैन भनेपछि उनीमाथि नै आ’शं’का गरेर उनले गा’य’ब गराएको आ’रो’प समेत लगाइएको थियो। अहिले त्यी नै सृजना नेपालीलाई प्रहरी र मिडिया सहित गएर खोजी गर्दा एउटा कोठाभित्र खाटामुनी लुकेको अवस्थामा भेटिएको छ।

अब बुहारी नभेटे जे पनि हुनसक्छ भन्दै बुहारीलाई जसरी पनि ल्याउनुपर्‍यो भन्दै आमाजूलाई गएर भेट्दा उनले चित्त बुझ्दो गरेर जवाफ निदिएपछी झन् आफन्तहरू आक्रोशित बनेका थिए।उनलाई बुहारी कहाँ गएको हो भन्ने कुरा थाहा भएको हुनुपर्ने तर नभनेको भनेर उहाँहरूले अनुमान गर्नु भएको थियो।एकजना केटा मान्छेसँग बस्दा किन केही नभनी बसेको भनेर उनलाई दबाब समेत दिएका थिए।तर आमाजू भने आफूलाई केही पनि थाहा नपाएको भन्दै टारेको टारै थिइन्।उनले आफूलाई थाहा भएर पनि नभनेको भन्दै सबैजना आक्रोशित समेत बनेका थिए।

दोलखाबाट उपचारका लागि भनेर आमाजूसँग काठमाडौँ आएकी एकजना सृजना नेपाली एकजना एकाएक कोयेश्वरबाट एकजना युवासँग कतै गइन्। काठमाडौँमा दाजुभाउजू भएको ठाउँमा जाने भन्दै आएकी थिइन्, बाटोमा आउँदा एकजना केटासँग एउटै सिटमा बसेर आएकी थिइन् तर काठमाडौँमा आइपुगेपछी एकजना युवासँग गएकी थिइन् तर उनी कहाँ गइन्,के गर्दै छिन्,किन गइन् भन्ने कुरा अहिलेसम्म खुल्न सकेको थिएन।

त्यतिबेला त्यी आमाजू दिदीलाई सोधपुछ गर्दा आफूलाई त्यति धेरै उसको बारेमा थाहा नभएको र कोटेश्वर झर्नेबित्तिकै त्यो केटासँग गएको र आफू अब बुबाआमाको घरमा जाने भनेर बताएको उनकि आमाजूले बताएकी थिइन्।बुहारी सम्पर्कमा नआएपछि उनकी दाजु र जेठानी दिदीले खोजी गर्न भनेर मिडियामा आएको बताएकि थिइन्।त्यी बुहारीले केही तोला साथमा लगाउने पनि गरेको र श्रीमानले विदेशबाट पैसा पठाउँदा पनि उसैको नाममा पठाउने गरेका पनि भनिएको थियो।तर उनी त्यो पैसा लिएर कहाँ गएकि हुन् भनेर अहिलेसम्म एकिन हुनसकेको थिएन।

बुहारीको दाजु समेत बहिनीको खोजी गर्न भनी आएका थिए त्यसबेला।उनलाई पनि आफ्नो बहिनी कहाँ गएको अत्तो पत्तो थिएन।उनी भने, बहिनी हराएकै भए नि आमाजूलाई त थाहा हुनु नै पर्ने हो किनभने उनीहरू सँगै यात्रा गरेर आएका हुन्।अहिले उनलाई फोन गर्दा फोन पनि लाग्दैन थियो।एकपटक चाहिँ उनले बुबालाई फोन गरेको तर त्यसपछि अहिलेसम्म फोन लागेको थिएन।

 

 


Last Updated on: October 18th, 2021 at 5:35 pm
१९ पटक हेरिएको

तपाईको प्रतिक्रिया