सोमबार १८ मंसिर २०८०

महाकालीमा अहिलेसम्मकै ठूलो बाढी, तटीय क्षेत्रका दुई सय घर डुबानमा

२ कात्तिक, धनगढी । लगातारको वर्षाका कारण महाकाली र जोगबुढा नदीमा आएको बाढीले तटीय क्षेत्रका दुई सय घर डुबानमा परेका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर ९, १२ र १३ तथा दोधाराचाँदनी नगरपालिका वडा नम्बर १० को कुतियाकबर क्षेत्रका दुई सय घर डुबानमा परेका हुन्

३० वर्षे पुरानो ग्यास्ट्रीक पनि ५ मिनेटमा निको पार्ने के हो यो अचुक औसधि ? (भिडियो सहित )

ग्यास्ट्राइटिस भएकाले एसिडिक खानेकुराको प्रयोग गर्नुहुँदैन । जसमा कागती, सुन्तला, निबुवा, भोगटे आदि फल पर्छन् । यस्तो समस्या भएकालाई टमाटरले पनि थप असर पु-याउँछ ।

टमाटरमा पनि एसिडिक हुने भएकाले ग्यास्ट्राइटिसले दिने पीडालाई बढोत्तरी गर्छ । कसै–कसैले यसको थोरै प्रयोगले त्यति असर नगर्ने भए पनि खाँदैनखानु उत्तम हुन्छ ।

दूध र दूधजन्य पदार्थ पनि ग्यास्ट्रिकको समस्या भएकाले प्रयोग नगर्दा राम्रो हुन्छ । दूधमा हुने प्रोटिनले पेटको भित्री भाग सुन्निने हुन्छ । यसका साथै यसले पेटमा एसिडको मात्रा बढाउँछ । तर, दही भने फाइदाजनक हुन्छ ।

त्यसै त काेराेनाका कारण लामो समयसम्म डामाडाेल भएकाे सिने क्षेत्र हिजो एउटा नयाँ नेपाली चलचित्र हलमा रिलिज भएकाे थियाे । दशैंको अवसरमा रिलिज गरिएको चलचित्रले दर्शकलाई हलमा फर्काउने आशा आम चलचित्रकर्मीले राखेका थिए । तर पहिलो गाँसमै ढुंगा झैं भएको छ ।

शोभित बस्नेत निर्देशित चलचित्र ‘डाँडाको वरपिपल’ रिलिज भएको दोस्रो दिन सिभिल मलको क्यूएफएक्समा पुग्दा हलभित्र हेर्दा विरक्तलाग्दो दृष्य देखियो । सिंगै हलभित्र जम्माजम्मी ६ जना दर्शक मात्र थिए । ४ जना वयस्क र २ जना बालबालिका ।

हलबाट निस्कने बेला उनीहरुसँग कुरा गर्दा कोही पनि बोल्न तयार भएनन् । लामो समयपछि रिलिज भएको नयाँ चलचित्र, त्यो पनि मल्टिस्टारर । भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्लजस्ता लिजेन्डदेखि सलोन बस्नेत, रुबिना थापासम्मका नयाँ पुस्ताका प्रतिभाहरुले यसमा अभिनय गरेका छन् ।

दसैंको विदामा यो चलचित्रले राम्रै संख्यामा दर्शक तान्ने अपेक्षा गरिएको थियो । तर, दोस्रो दिनमै फिल्मको व्यापार द’यनीय देखिएको छ । फिल्मी भाषामा भन्दा ‘डाँडाको वरपिपल’ ले पानी पनि माग्न पाएन । किन हलमा गएनन् त दर्शक ? यसका प्रमुख दुई कारण छन् ।

पहिलो त कोरोनाको लहर केही शान्त भए पनि समाप्त भएको छैन । अहिले पनि मानिसहरु भिडभाडसँग डराइरहेका छन् । मनोरञ्जन क्षेत्र वाध्यात्मक नभएकाले ‘रिस्क’ लिन कोही पनि चाहिरहेका छैनन् । नेपालमा मात्र नभएर भारतमा पनि दर्शक हलमा आइरहेका छैनन् ।

तर, ‘डाँडाको वरपिपल’ का हकमा अर्को दर्शक हलमा नआउनुको अर्को ठूलो कारण छ । त्यो हो ‘महानायक काण्ड’ । यही चलचित्रको एउटा गीत रिलिज गर्ने कार्यक्रममा भुवन केसी र शिव श्रेष्ठले महानायक विवाद सल्काएका थिए । आगोमा घ्यू थप्ने काम गरे सोही फिल्मका निर्देशक सोभित बस्नेतले ।

शोभितले नेपाली चलचित्रका महानायक राजेश हमाल नभएर भुवन केसी हुन् भन्दै विभिन्न मिडियामा अन्तरवार्ता दिए । उनले आफ्नो चलचित्रलाई चर्चामा ल्याउन अपनाएको यो हत्कण्डा अन्ततः आत्मघाति सावित भयो । चलचित्रमा गरिएको करोडौं लगानी डुब्ने अवस्था आएको छ ।

साथै, युट्युटदखि टिकटकसम्म आएका प्रतिक्रियामा धेरैले यो चलचित्र बहिष्कार गर्ने बताएका छन् ।चलचित्रको लगानी धरापमा पर्ने देखेपछि निर्देशक बस्नेतले आफूलाई सच्याउन पनि खोजेका हुन् । आफूले गल्ति बोलेको भनेर मा’फी मागे । चलचित्रको एउटा कार्यक्रममा राजेश हमालको तस्वीरलाई प्रमूख अतिथि बनाए ।

एक टिभी प्रस्तोताको मध्यस्थतामा राजेश हमालको प्रवचन पनि सुने । तर केही गर्दा पनि दर्शक उनीसँग खुशी भएनन् । अहिले पनि शोभितमाथि गा’लीको वर्षा भइरहेकै छ । उनीमात्र नभएर राजेश हमाललाई महानायक नमान्ने जोकसैलाई दर्शकले लखेटिरहेका छन् ।

डाँडाको वरपिपल फ्लप भएपछि अन्य निर्माता–निर्देशक पनि आफ्नो नयाँ चलचित्र रिलिज गर्न डराउने अवस्था बनेको छ । जबकि दर्जनौं चलचित्रहरु निर्माण सकिएर प्रदर्शनको पर्खाइमा छन् । तर, नेपाली चलचित्रको ‘रिकभरि’ का लागि लामै समय पर्खिनुपर्ने अवस्था देखिएको छ ।

 


Last Updated on: October 19th, 2021 at 11:27 am
२२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया