आइतबार १४ आश्विन २०८०

सल्यान । सल्यानकि मिना परियारको जस्तो पीडा सायद कमै को होला । केहि वर्ष अगाडी मागी विहे गरेर छत्रेश्वरी गाउँपालिका ७ जाम्नेखोलामा सन्तोष नेपालीसगं विहे गरेर आएकी उनको सुरुका दिनहरु खुसी मै बिते । सुरुमा श्रीमानको माया र घर परिवार तथा माईतीको मायाले उनि दगं थिईन् । उनीहरुका २ वटा बच्चा पनि भए ।

श्रीमान सन्तोषले पनि मेहनत गरेर परिवारको जिविको गरिरहेकै थिए । उनीहरु खुसीसाथ जिवयापन गरिरहेका थिए । तर त्यो खुसी धेरै दिन टिक्न भने सकेन् । ससाना कुरामा सन्तोषले श्रीमतीसगं झगडा हुन थाल्यो । यसैविषयलाई लिएर उनले घर छाडेर हिँडे । ३ वर्षदेखि श्रीमानको पर्खाईमा बसेकी मिनालाई न उनको एउटा म्यासेज नै आयो न त फोन नै । अझै पनि फर्केर आउने आशा उनमा मरेको छैन् ।

भर्खर कोपिला लाग्दै गरेका २ सन्तानको जिम्मेवारीबोध नसोँचेर चटक्कै छाडेर गएका श्रीमानको यादमा उनका आँखा ओभाउन सकेका छैनन् । छोरा छोरीले बाबा खोई भन्दा उनी नाजवाफ हुन्छिन् । मैले के भनौँ यहाँ जान्छु भनेर गएको भए पो यहाँ छन् भनौँ, निष्ठुरी बनेर हिँडेका कहाँ छन् के थाहा उनले भ क्का निँदै भनिन् । छर छिमेकी आफन्त प्रहरी सबैतिर खोजि गरिसके ।

तर कहीँ कतैबाट पनि सन्तोषको बारेमा खबर नपाएको उनले बताईन् । सबैकुरा भुलेर सामान्य जीन्दगीमा फर्किँदै गरेकी उनलाई फेरी अर्को बज्रपात आईलाग्यो । उनको सहारा बनेका ससुराको पनि कोरोना सक्रंमणका कारण मृत्यु भयो । मेरो अभिभावक बुबा जे भनेपनि उहाँनै हुनुहुन्थ्यो अब उहाँले पनि छाडेर जानुभयो । छोराहरुको अनुहार हेरेर चित्त बुझाउने बाहेक उनीसगं अब अर्को विकल्प रहेन् । कोरोनाका कारण ज्यान गु मा एका उनका ससुरा बुबाको किरिया गर्न श्रीमान फर्किन्छन् की भन्ने झिनो आशा बोकेर उनी बसिरहेकी छिन् ।

सन्तोष बाबाको निधन भयो अन्तिमपल्ट आफुलाई जन्मदिने बुबाको किरिया गर्न त प्लिज फर्र्किएर आउनुहोस् । उनले बेपत्ता श्रीमानलाई आफ्नो चि त्का र सुनाउँदै भनिन् । शुक्रवार मृत्यु भएका उनका ससुरा बुबाको सदगद गरेका छन् । परिवारले अन्तिम पटक बुबाको मृत्युको खबरले छोरा फर्किन्छकी भन्ने आशा गरिरहेका छन् । बुबाको किरिया गर्न भएपनि एकपल्ट आउन उनीहरुको आग्रह छ ।


Last Updated on: May 15th, 2021 at 4:49 pm
५३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया