शुक्रबार १५ मंसिर २०८०

काठमाडौं-बलिउड चलचित्र छायाङ्कन टोली लुक्लामा रोकिएको छ । मौसम प्रतिकूल भएपछि मौसम प्रतिकूल भएपछि हो । टोलीमा ८५ जना चलचित्रकर्मी रहेका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको क्षेत्रमा ‘उंचाई’ नामक बलिउड चलचित्र छायाङ्कन गर्न आएको टोली हिजो काठमाण्डौ फर्किने कार्यतालिका थियो ।

तर मौसमका कारण उडान प्रभावित भएको छ । मौसमका कारण भोलि मनाङ प्रस्थान गर्ने कार्यतालिका समेत प्रभावित भएको छ । गएको असोज २१ गतेदेखि खुम्बु क्षेत्रमा छायाङ्कन सुरु भएको थियो ।लुक्लामा आज बिहानैदेखि बाक्लो हुस्सु लागेकाले उडानको सम्भावना कम रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

त्यसै त काेराेनाका कारण लामो समयसम्म डामाडाेल भएकाे सिने क्षेत्र हिजो एउटा नयाँ नेपाली चलचित्र हलमा रिलिज भएकाे थियाे । दशैंको अवसरमा रिलिज गरिएको चलचित्रले दर्शकलाई हलमा फर्काउने आशा आम चलचित्रकर्मीले राखेका थिए । तर पहिलो गाँसमै ढुंगा झैं भएको छ ।

शोभित बस्नेत निर्देशित चलचित्र ‘डाँडाको वरपिपल’ रिलिज भएको दोस्रो दिन सिभिल मलको क्यूएफएक्समा पुग्दा हलभित्र हेर्दा विरक्तलाग्दो दृष्य देखियो । सिंगै हलभित्र जम्माजम्मी ६ जना दर्शक मात्र थिए । ४ जना वयस्क र २ जना बालबालिका ।

हलबाट निस्कने बेला उनीहरुसँग कुरा गर्दा कोही पनि बोल्न तयार भएनन् । लामो समयपछि रिलिज भएको नयाँ चलचित्र, त्यो पनि मल्टिस्टारर । भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्लजस्ता लिजेन्डदेखि सलोन बस्नेत, रुबिना थापासम्मका नयाँ पुस्ताका प्रतिभाहरुले यसमा अभिनय गरेका छन् ।

दसैंको विदामा यो चलचित्रले राम्रै संख्यामा दर्शक तान्ने अपेक्षा गरिएको थियो । तर, दोस्रो दिनमै फिल्मको व्यापार द’यनीय देखिएको छ । फिल्मी भाषामा भन्दा ‘डाँडाको वरपिपल’ ले पानी पनि माग्न पाएन । किन हलमा गएनन् त दर्शक ? यसका प्रमुख दुई कारण छन् ।

पहिलो त कोरोनाको लहर केही शान्त भए पनि समाप्त भएको छैन । अहिले पनि मानिसहरु भिडभाडसँग डराइरहेका छन् । मनोरञ्जन क्षेत्र वाध्यात्मक नभएकाले ‘रिस्क’ लिन कोही पनि चाहिरहेका छैनन् । नेपालमा मात्र नभएर भारतमा पनि दर्शक हलमा आइरहेका छैनन् ।

तर, ‘डाँडाको वरपिपल’ का हकमा अर्को दर्शक हलमा नआउनुको अर्को ठूलो कारण छ । त्यो हो ‘महानायक काण्ड’ । यही चलचित्रको एउटा गीत रिलिज गर्ने कार्यक्रममा भुवन केसी र शिव श्रेष्ठले महानायक विवाद सल्काएका थिए । आगोमा घ्यू थप्ने काम गरे सोही फिल्मका निर्देशक सोभित बस्नेतले ।

शोभितले नेपाली चलचित्रका महानायक राजेश हमाल नभएर भुवन केसी हुन् भन्दै विभिन्न मिडियामा अन्तरवार्ता दिए । उनले आफ्नो चलचित्रलाई चर्चामा ल्याउन अपनाएको यो हत्कण्डा अन्ततः आत्मघाति सावित भयो । चलचित्रमा गरिएको करोडौं लगानी डुब्ने अवस्था आएको छ ।

साथै, युट्युटदखि टिकटकसम्म आएका प्रतिक्रियामा धेरैले यो चलचित्र बहिष्कार गर्ने बताएका छन् ।चलचित्रको लगानी धरापमा पर्ने देखेपछि निर्देशक बस्नेतले आफूलाई सच्याउन पनि खोजेका हुन् । आफूले गल्ति बोलेको भनेर मा’फी मागे । चलचित्रको एउटा कार्यक्रममा राजेश हमालको तस्वीरलाई प्रमूख अतिथि बनाए ।

एक टिभी प्रस्तोताको मध्यस्थतामा राजेश हमालको प्रवचन पनि सुने । तर केही गर्दा पनि दर्शक उनीसँग खुशी भएनन् । अहिले पनि शोभितमाथि गा’लीको वर्षा भइरहेकै छ । उनीमात्र नभएर राजेश हमाललाई महानायक नमान्ने जोकसैलाई दर्शकले लखेटिरहेका छन् ।

डाँडाको वरपिपल फ्लप भएपछि अन्य निर्माता–निर्देशक पनि आफ्नो नयाँ चलचित्र रिलिज गर्न डराउने अवस्था बनेको छ । जबकि दर्जनौं चलचित्रहरु निर्माण सकिएर प्रदर्शनको पर्खाइमा छन् । तर, नेपाली चलचित्रको ‘रिकभरि’ का लागि लामै समय पर्खिनुपर्ने अवस्था देखिएको छ ।

 


Last Updated on: October 19th, 2021 at 1:50 pm
१७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया