
कञ्चनपुर । लगातारको भारी वर्षाका कारण महाकाली नदीमा आएको बाढीले कञ्चनपुरस्थित महाकाली नदी किनारमा रहेको ‘भाइरल रोड’ भत्काएको छ ।
निर्माणकै क्रममा रहेको भुजेलास्थित रोड पछिल्लो समय ‘भाइरल रोड’ का नामले चर्चित थियो । सो रोड हेर्न दैनिक सयौंको संख्यामा आन्तरिक पयर्टक त्यहाँ पुग्ने गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी सिद्धराज न्यौपानेका अनुसार पछिल्लो दुई दिनदेखिको लगातारको वर्षाले रोड कटान गरेको हो ।
सोही क्षेत्रमा महाकाली नदीमा चार लेन पक्की पुल समेत निर्माण भइरहेको छ । सो क्षेत्रमा समेत क्षति भएको छ ।
काठमाडौँ — काठमाडौँबाट भोजपुर जानुपर्ने ७ यात्रुलाई नेपाल वायु सेवा निगमको जहाजले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै छाडेर उडेपछि सोमबार बिहानै पर्यटनमन्त्री प्रेमबहादुर आले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आन्तरिक टर्मिनल भवनमा साढे ६ बजे नै पुगे ।
दसैंका कारण काठमाडौँ छाड्ने यात्रुको चाप टर्मिनलमा अत्यधिक थियो । सोमबार पनि ३ सय १२ वटा आन्तरिक उडानको सूची थियो । मौसम खराबी कारण काठमाडौँ बाहिरका सबै विमानस्थल नखुलिसकेकाले टर्मिनल भवनमा यात्रुको भीडभाडमै मन्त्री आलेले त्यहाँको व्यवस्थापन नियाले ।
मन्त्रीले आन्तरिक विमानस्थल अनुगमन गर्ने खबर पाएपछि उनीभन्दा अघि नै त्यहाँ पुगिसकेका आन्तरिक टर्मिनलका प्रमुख पूर्ण चुडालले कोरोना संक्रमणको प्रभाव घटेसँगै यात्रुको भीड अत्यधिक बढेकाले टर्मिनल साँघुरो भएको बताए ।
मन्त्री आलेले आन्तरिक टर्मिनलका प्रमुख चुडाललाई भवन भित्र रहेको क्याफे सोनिगाले अत्यधिक महँगो दरमा चिया/कफी बिक्री गरिरहेको गुनासो सेवाग्राहीबाट आएको भन्दै मूल्यबारे निगरानी गर्न निर्देशन दिए ।