
भारतमा वर र वधू खड्कुँलोमा बसेर जलमग्न सडकबाट विवाह गर्न गएको तस्बिर भाइरल भएको छ।यो तस्बिर ठूलो वर्षाका कारण नराम्ररी प्रभावित भएको केरला राज्यको थालावाद्यमा सोमवार खिचिएको हो।
वर्षा र बाढीले दुःख दिएको भए पनि आकाश र ऐश्वर्या तोकिएकै मितिमा विवाह गर्न कटिबद्ध थिए। उनीहरू दुवै जना स्वास्थ्यकर्मी हुन्।
खड्कुँलोलाई डुङ्गा बनाएर उनीहरू विवाह गर्न मन्दिरसम्म पुगेका थिए।केरला राज्य अहिले बाढी र पहिरोले आक्रान्त बनेको छ। त्यहाँ धनजनको ठूलो क्षति पुगेको छ।
वर्षाका कारण नदीहरूमा पानीको तह बढेको छ। धेरै ठाउँमा पानीले पुल र सडक बगाएको छ भने कतिपय गाउँहरू पूर्ण रूपमा यातायात सञ्जालबाट विच्छेद भएका छन्।
आकाश र ऐश्वर्याको विवाह हुने मन्दिर पनि केही डुबेको थियो।
उनीहरूलाई नातेदारले नजिकैको अर्को मन्दिरबाट सापट लिएको खड्कुँलोमा राखेर विवाहस्थलसम्म तानेर पुर्याएका थिए।”हामीले कहिल्यै नसोचेको विवाह भयो,” ऐश्वर्याले स्थानीय टिभी एशियानेटलाई बताइन्।
नवविवाहित दम्पतीले आफ्नो विवाह दुई परिवारको सानो समारोह भए पनि अनलाइनमा तस्बिरहरू शेअर भएपछि आफ्नो विशेष दिनमा धेरै मानिस सहभागी भएको अनुभूति भएको बताएका छन्।
आकाशले आफ्नो विवाहको मिति अलि पहिले निश्चित गरिएको र थप बिदा लिन असहज हुने भएकोले सार्न नचाहेको समाचारसंस्था पीटीआईलाई बताएका छन्।
उनले हतारमा खड्कुँलो मात्रै उपलब्ध भएको बताए।-बिबिसी नेपाली
उनी अर्थात् दीपा थापा (नाम परिवर्तन) । सुनकोशी गाउँपालिका ओखलढुङ्गा माइती भएकी दीपा काठमाडौं बस्न थालेको करिब ५ वर्ष भयो । उनीसँग न कुनै काम छ, न व्यापार । कमाएर दिने अरु व्यक्ति पनि कोही छैनन् । तर, उनको रवाफ र जीवनशैली भने विलासितापूर्ण छ । उनको फ्ल्याटमा पुग्ने हो भने आधुनिक डिजाइनमा महङ्गा फर्निचरदेखि शौखमा पर्ने सबैजसो विलासी वस्तु भटिन्छन् ।
काठमाडौं बसाइको करिब ५ वर्षमा उनले करिब १८ पटकभन्दा बढी डेरा सारिन् । पटक–पटक डेरा सारिरहनुको कारणचाहिँ आफ्नो पहिचान लुकाउनु वा घरधनीले धपाउनु नै हो । यस्तो जीवनशैली भएको मान्छेलाई घरधनीले किन डेराबाट निकाल्छन् ? वा किन यी युवतीले आफ्नो पहिचान लुकाउन पटक–पटक डेरा सार्छिन् त ? कारण हो, उनको हनी ट्र्या, प, को व्यापार ।
दीपाको व्यापार वा व्यवसाय भन्नु नै हनी ट्र, या, प हो । उनी युवाहरुसँग नजिकिन्छिन् । सुरुमा आफैं पैसा दिएर लेनदेन गर्छिन् । पछि युवाहरूसँग पनि पैसा लिन्छिन् । अनि माया–प्रेमको जालमा पार्छिन् र यौ, ,नस, ,म्ब, ,न्ध, स्थापित गर्छिन् । यौ, , नस, ,म्ब, न्ध स्थापित गरेको फोटो र भिडियो बनाउँछिन् र उल्टै ती युवाहरुसँग , ब्ल्या, क, मे, ल गरेर पैसा लिन्छिन् ।
समयमै पैसा नपाए युवाका आफन्त वा परिवारका सदस्यलाई युवकसँग आफ्नो स, म्ब, न्ध भएको बारे बताउँछिन् र फोटो, भिडियो नै बाहिर ल्याइदिने ध, ,म्की, सम्म दिन्छिन् । अनि युवकहरू सम्झौता गर्न बाध्य हुन्छन् । यौ, ,नलाई ह, ,ति, ,या, र बनाएर यी युवतीले पुरुषलाई फ, सा, उँछिन् र पैसा लिन्छिन् ।
केही–केही युवासँग त हनी ट्र, या, पमा पारेर पैसा लिएको मात्रै होइन, ब, ,ला, त्का, रजस्तो जघन्य अ, प, रा, धमा मु, ,द्दा समेत दायर गरेकी छिन् उनले ।
यस्तो छ युवा फ, सा, उने दीपाको काइदा
दीपाको माइती ओखलढुङ्गा भए पनि उनले ओखलढुङ्गा र सिन्धुलीको सिमानामा रहेको फिकल गाउँपालिकाका प्रकाश खड्का (नाम परिवर्तन) सँग विवाह गरेकी थिइन् । गाउँघरकै मान्छेको चिनजानमार्फत् उनीहरुको मागी विवाह भएको थियो । प्रकाश नेपाली सेनामा कार्यरत थिए भने दीपा गाउँमै बस्थिन् ।
प्रकाश सेनाको काममा बढी केन्द्रित हुने भएपछि दीपाको स, म्ब, न्ध सिन्धुलीकै एक ठेकेदारसँग नजिकियो । ठेकेदारसँग नजिकको स, म्ब, न्ध भएको कुरा प्रकाशले थाहा पाए । त्यसपछि प्रकाश ‘परिवार बचाउने’ भन्दै नेपाली सेनाको जागिर नै छाडेर घर आए । तर उनी घरमा आएपछि आफ्नो पोल खुलेको भन्दै दीपा घर छाडेर भागिन् ।
प्रकाशका अनुसार दीपाले उनको करिब ५० लाखको सम्पत्ति झ्वा, म पारिन् । सुरुमा शान्ति सेनामा जाँदा कमाएको पैसाले भक्तपुरमा जग्गा किनेको बताइन् । तर, उक्त जग्गा तिनै ठेकेदारका नाममा किनेको र पछि उक्त जग्गा पनि फिर्ता नदिएको प्रकाशले बताए ।
पछि अदालतबाटै स, म्ब, न्धवि, च्छेद गर्ने समयमा दीपाले छोरीका लागि भन्दै थप चार लाख रुपैयाँ लिइन् । अ, दा, लतमा स, ,म्ब, न्धवि, च्छेद हुने समयमा दीपाले जन्माएकी छोरीका बुवा प्रकाश नै नभएको बयान दिइन् । तर, पनि छोरीको पढाइका लागि भन्दै उनले थप चार लाख रुपैयाँ लिएर गइन् ।
दीपा र प्रकाशको स, ,म्ब, ,न्धविच्छेद भएको करिब ५ वर्ष भयो । त्यसपछि भने दीपा सिन्धुली छाडेर कपन तथा बौद्ध एरियामा बस्न थालिन् । यहीबीचमा सिन्धुलीका ती ठेकेदारलाई आफूसँग विवाह गर्न द, बा, व दिन थालिन् । कि आफूसँग विवाह गर, नभए पैसा देऊ भन्दै दबाव दिएको ठेकेदारका आफन्त बताउँछन् ।
विवाह पनि नगर्ने र पैसा पनि नदिने भए नातास, म्ब, न्ध कायम गराउँछु र ब, ला, त्कारको मु, द्दा लगाइदिन्छु भन्दै धम्काउन थालेपछि ती ठेकेदारको परिवारले दीपालाई ४५ लाख रुपैयाँ बुझाएको ठेकेदारका आफन्तले सुनाए ।
अर्काकी श्रीमती भनेर जान्दा जान्दै दीपासँग लहसिएका ती ठेकेदारले सुरुमै आफ्नो खेत बन्धकी राखेर २५ लाख रुपैयाँ सहकारीबाट निकालिदिएका थिए । पछि थप त, ना, व दिन थालेपछि उनले थप २० लाख रुपैयाँ दिएर के, ,स त मिलाए, तर ठेकेदारको खेत भने लिलामीमै गयो ।