सोमबार १३ मंसिर २०७८

अविरल वर्षापछि आएको बाढीले भारतको केरलामा ६ जनाको मृxत्यु भएको छ। शनिबारदेखि निरन्तर भएको व,र्षाले त्यहाँको जनजीवन प्रभावित बनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

अहिले पनि केरला क्षेत्रमा निरन्तर पानी परिरहेको छ। केरलाको इडुकी, पथनमथिट्टा, त्रिसूर र कोट्टयम बा,ढीका कारण सबैभन्दा धेरै प्रभावित भएका छन्।

भारतको मौसम विज्ञान विभागले केरला, कर्नाटक, तमिलनाडू, पुडुचेरी र कराईकल लगायतका क्षेत्रमा आज झनै ठूलो पानी पर्न सक्ने भएकाले सचेत रहन आग्रह गरेको छ। अरब सागरमा विकसित प्रणालीका कारण केरला क्षेत्रमा पानी परेको हो।

भारतको मौसम विज्ञान विभागले केरला, कर्नाटक, तमिलनाडू, पुडुचेरी र कराईकल लगायतका क्षेत्रमा आज झनै ठूलो पानी पर्न सक्ने भएकाले सचेत रहन आग्रह गरेको छ। अरब सागरमा विकसित प्रणालीका कारण केरला क्षेत्रमा पानी परेको हो।

त्यसै त काेराेनाका कारण लामो समयसम्म डामाडाेल भएकाे सिने क्षेत्र हिजो एउटा नयाँ नेपाली चलचित्र हलमा रिलिज भएकाे थियाे । दशैंको अवसरमा रिलिज गरिएको चलचित्रले दर्शकलाई हलमा फर्काउने आशा आम चलचित्रकर्मीले राखेका थिए । तर पहिलो गाँसमै ढुंगा झैं भएको छ ।

शोभित बस्नेत निर्देशित चलचित्र ‘डाँडाको वरपिपल’ रिलिज भएको दोस्रो दिन सिभिल मलको क्यूएफएक्समा पुग्दा हलभित्र हेर्दा विरक्तलाग्दो दृष्य देखियो । सिंगै हलभित्र जम्माजम्मी ६ जना दर्शक मात्र थिए । ४ जना वयस्क र २ जना बालबालिका ।

हलबाट निस्कने बेला उनीहरुसँग कुरा गर्दा कोही पनि बोल्न तयार भएनन् । लामो समयपछि रिलिज भएको नयाँ चलचित्र, त्यो पनि मल्टिस्टारर । भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्लजस्ता लिजेन्डदेखि सलोन बस्नेत, रुबिना थापासम्मका नयाँ पुस्ताका प्रतिभाहरुले यसमा अभिनय गरेका छन् ।

दसैंको विदामा यो चलचित्रले राम्रै संख्यामा दर्शक तान्ने अपेक्षा गरिएको थियो । तर, दोस्रो दिनमै फिल्मको व्यापार द’यनीय देखिएको छ । फिल्मी भाषामा भन्दा ‘डाँडाको वरपिपल’ ले पानी पनि माग्न पाएन । किन हलमा गएनन् त दर्शक ? यसका प्रमुख दुई कारण छन् ।

पहिलो त कोरोनाको लहर केही शान्त भए पनि समाप्त भएको छैन । अहिले पनि मानिसहरु भिडभाडसँग डराइरहेका छन् । मनोरञ्जन क्षेत्र वाध्यात्मक नभएकाले ‘रिस्क’ लिन कोही पनि चाहिरहेका छैनन् । नेपालमा मात्र नभएर भारतमा पनि दर्शक हलमा आइरहेका छैनन् ।

तर, ‘डाँडाको वरपिपल’ का हकमा अर्को दर्शक हलमा नआउनुको अर्को ठूलो कारण छ । त्यो हो ‘महानायक काण्ड’ । यही चलचित्रको एउटा गीत रिलिज गर्ने कार्यक्रममा भुवन केसी र शिव श्रेष्ठले महानायक विवाद सल्काएका थिए । आगोमा घ्यू थप्ने काम गरे सोही फिल्मका निर्देशक सोभित बस्नेतले ।

शोभितले नेपाली चलचित्रका महानायक राजेश हमाल नभएर भुवन केसी हुन् भन्दै विभिन्न मिडियामा अन्तरवार्ता दिए । उनले आफ्नो चलचित्रलाई चर्चामा ल्याउन अपनाएको यो हत्कण्डा अन्ततः आत्मघाति सावित भयो । चलचित्रमा गरिएको करोडौं लगानी डुब्ने अवस्था आएको छ ।

साथै, युट्युटदखि टिकटकसम्म आएका प्रतिक्रियामा धेरैले यो चलचित्र बहिष्कार गर्ने बताएका छन् ।चलचित्रको लगानी धरापमा पर्ने देखेपछि निर्देशक बस्नेतले आफूलाई सच्याउन पनि खोजेका हुन् । आफूले गल्ति बोलेको भनेर मा’फी मागे । चलचित्रको एउटा कार्यक्रममा राजेश हमालको तस्वीरलाई प्रमूख अतिथि बनाए ।

एक टिभी प्रस्तोताको मध्यस्थतामा राजेश हमालको प्रवचन पनि सुने । तर केही गर्दा पनि दर्शक उनीसँग खुशी भएनन् । अहिले पनि शोभितमाथि गा’लीको वर्षा भइरहेकै छ । उनीमात्र नभएर राजेश हमाललाई महानायक नमान्ने जोकसैलाई दर्शकले लखेटिरहेका छन् ।

डाँडाको वरपिपल फ्लप भएपछि अन्य निर्माता–निर्देशक पनि आफ्नो नयाँ चलचित्र रिलिज गर्न डराउने अवस्था बनेको छ । जबकि दर्जनौं चलचित्रहरु निर्माण सकिएर प्रदर्शनको पर्खाइमा छन् । तर, नेपाली चलचित्रको ‘रिकभरि’ का लागि लामै समय पर्खिनुपर्ने अवस्था देखिएको छ ।

 


Last Updated on: October 19th, 2021 at 3:39 pm
८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया