
माङसेबुङ गाउपालिका ६ चिसापानीमा लगातार परेको झरी संगै अाज राती गएको पहिरोमा परी ४ जनाको मृत्यु भएको छ।
स्थानिय योगेश कोयुका अनुसार घटना स्थलमा अहिले उद्दार कार्य भईरहेको र पुरीएका शवहरु बाहिर निकाल्ने काम भईरहेको जानकारी दिनु भयो।घटनाबारे बिस्तृत बिबरण अाउन बाकी…..
यो पनि पढ्नुस
सेतीको बाढी पसेर डुबान भएको सिगास गाउँपालिका –५ को ढुंगाड बस्ती नै सम्पर्कविहीन भएको छ । बैतडीका सहायक प्रजिअ खगेन्द्र भारतीका अनुसार ३ घण्टादेखि ढुंगानका कसैसँग सम्पर्क हुन सकेको छैन ।
३६ घण्टा अगाडीबाट लगातार परेको वर्षाले सोमबार रातिबाट नेपाल टेलिकमको नेटवर्क अबरुद्ध भएको छ । एनसिएलको नेटवर्कले पनि काम नगरेपछि बाढीमा फसेका स्थानीयहरुसँग सम्पर्क हुन नसकेको जिल्ला प्रशासन कार्यलय बैतडीले जनाएको छ ।
उद्धारका शिवलिङ प्रहरी चौकीबाट ६ जना प्रहरीको टोली ढुंगाडतर्फ पठाएको सहायक प्रमुख जिल्ला अधिकारी भारतीले जानकारी दिए । शिवलिङबाट ढुंगान पुग्न ४/५ घण्टा लाग्ने उनले बताए ।
ढुगांनतर्फ प्रहरी पठाएपनि अहिलेसम्म यकिन जानकारी आउन नसकेको भारतीले जनकारी दिए । ढुगांनको जनकारी आउँने बित्तिकै जिल्लाबाट थप सुरक्षाकर्मी पठाउन तयारी रहेको उनको भनाइ छ ।
उनले भने, ‘सोमबार राति नै ढुंगाडमा दर्जनौं घर डुबानमा परेको खबर आएको थियो । नेटर्वकले काम गरेको छैन । त्यसैले अहिलेसम्म यकिन विवरण आउँन सकेको छैन ।’
काठमाडौँ — काठमाडौँबाट भोजपुर जानुपर्ने ७ यात्रुलाई नेपाल वायु सेवा निगमको जहाजले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै छाडेर उडेपछि सोमबार बिहानै पर्यटनमन्त्री प्रेमबहादुर आले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आन्तरिक टर्मिनल भवनमा साढे ६ बजे नै पुगे ।
दसैंका कारण काठमाडौँ छाड्ने यात्रुको चाप टर्मिनलमा अत्यधिक थियो । सोमबार पनि ३ सय १२ वटा आन्तरिक उडानको सूची थियो । मौसम खराबी कारण काठमाडौँ बाहिरका सबै विमानस्थल नखुलिसकेकाले टर्मिनल भवनमा यात्रुको भीडभाडमै मन्त्री आलेले त्यहाँको व्यवस्थापन नियाले ।
मन्त्रीले आन्तरिक विमानस्थल अनुगमन गर्ने खबर पाएपछि उनीभन्दा अघि नै त्यहाँ पुगिसकेका आन्तरिक टर्मिनलका प्रमुख पूर्ण चुडालले कोरोना संक्रमणको प्रभाव घटेसँगै यात्रुको भीड अत्यधिक बढेकाले टर्मिनल साँघुरो भएको बताए ।
मन्त्री आलेले आन्तरिक टर्मिनलका प्रमुख चुडाललाई भवन भित्र रहेको क्याफे सोनिगाले अत्यधिक महँगो दरमा चिया/कफी बिक्री गरिरहेको गुनासो सेवाग्राहीबाट आएको भन्दै मूल्यबारे निगरानी गर्न निर्देशन दिए ।