
धनकुटा- धनकुटाको चौबिसे गाउँपालिका–१ बुधबारेस्थित गढेरीमा मङ्गलबार राति पहिराले घर पुर्दा छ जनाको मृत्यु भएको छ । राति करिब १२ बजेतिर घरमाथिबाट खसेको पहिराले स्थानीय भीमबहादुर श्रेष्ठको घर पुरेको हो । पहिराले पुर्दा घरमा सुतिरहेका श्रेष्ठसहित छ जनाको घटनास्थलमै मृत्यु भएको र अरु छ जना घाइते भएका धनकुटाका प्रहरी प्रवक्ता डिएसपी दीपककुमार रायले बताउनुभयो ।
घर पुरिँदा ६० वर्षीय भीमबहादुर श्रेष्ठ, उनका नौ वर्षीय नाति विनोद, पाँच वर्षीया नातिनी निर्जला, पाहुना आएका दमक–११ का ३९ वर्षीय सञ्जीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र सात वर्षीय दिप्सन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । घटनामा परी घाइते भएका ३१ वर्षीय भेषबहादुर श्रेष्ठ, २९ वर्षीया लिला श्रेष्ठ र ५४ वर्षीया गणितकुमारी श्रेष्ठको अवस्था गम्भीर रहेको डिएसपी रायाले जानकारी दिनुभयो ।
गम्भीर घाइतेसहित अन्य घाइते वर्ष ३३ का उषा श्रेष्ठ, वर्ष ११ का सञ्जाल श्रेष्ठ र वर्ष २८ का चन्द्रकुमार श्रेष्ठको हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि लैजान सेनासँग समन्वय भइरहेको उहाँले बताउनुभयो । घाइते हुनेमा भीमबहादुरको परिवारका सदस्य र आफन्त छन् । घाइतेको उद्धारका लागि लगातारको वर्षाका कारण सडक अवरुद्ध हुँदा समस्या भएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि उनीहरुलाई लैजाने तयारी भइहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
पहिरोले घर पुरिँदा डोटीमा दुई जनाको मृ’त्यु भएको छ । सायल गाउँपालिकाको वडा नं. ६ अलेतवाडास्थित दिलबहादुर कुन्जेडाको घरमा
सोमबार राति पहिरो खस्दा उनका १४ वर्षीय छोरा सागर र १० वर्षीय आशीषको मृ’त्यु भएको डोटीका प्रमुख जिल्ला अधिकारी शंकर विष्टले जानकारी दिए ।
राति अबिरल वर्षाका कारण माथिबाट आएको प’हिरोले खाना खाएर सुतेका दिलबहादुरकी श्रीमती बासुदेवी, ७ वर्षीया छोरी बिन्द्रा, १४ वर्षीय
छोरा सागर तथा १० वर्षीय आशीषलाई च्यापेको थियो । ३ जना बाँचे पनि दिलबहादुरका दुवै छोराहरूको भने घ’ट’ना’स्थलमै मृ’त्यु भएको थियो । उनीहरूको पो’स्ट’मार्टम गरिसकिएको प्रजिअ विष्टले जानकारी दिएका छन् ।