मंगलबार ०९ आश्विन २०८०

सोमबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण प्रदेश १ मा २२ जनाले ज्यान गुमाएका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीले बाढी र पहिरोका कारण प्रदेशभरि मृत्यु हुनेको सङ्ख्या २२ पुगेको जानकारी दिए ।

No description available.
उनका अनुसार इलाममा बाढी र पहिरोका कारण सात जनाको मृत्यु भएको छ । यस्तै, धनकुटा र पाँचथरमा बाढी–पहिरोका कारण ६ जनाको मृत्यु भएको छ । यसैगरी, सुनसरीमा दुई तथा उदयपुरमा एक जनाको मृत्यु भएको छ ।

No description available.

 

मानवीय तथा भौतिक संरचनाको क्षतिबारे थप विवरण आउन बाँकी रहेको उनले बताए । बाढीका कारण तराईको झापा, सुनसरी र मोरङ बढी प्रभावित भएका छन् । मंगलबार राति सुनसरीको विभिन्न स्थानबाट १ सय ५० जनाको उद्दार गरिएको थियो । मोरङमा करिब चार सय जनाको उद्दार गरिएको छ ।

थप तस्विरहरू

No description available.

No description available.

 

 


Last Updated on: October 20th, 2021 at 12:25 pm
८४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया