बुधबार २० मंसिर २०८०

काठमाडौं, २ कात्तिक । अबिरल वर्षपछि आएको बाढी र पहिरोका कारण देशभर ठूलो जनधनको क्षति भएको छ ।

झापाको दमक–७ स्थित पशुहाटमा सात ओटा घर खोलाले बगाएको छ । मंगलबार राती अबेरदेखि परेको अविरल बर्षाका कारण रतुवा खोलाको बाढीले पशुहाटका ७ घर बगाएको हो ।

घर बगाएपछि बिस्थापितलाई रेडक्रसको सहयोगमा आफन्तको घरमा राखिएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका ९ स्थित मुसेटीमा महाकाली नदीको टापुमा फसेकाहरूको उद्धार गर्न समस्या भएको छ ।

उद्धारका लागि सुर्खेतबाट आएको सेनाको हेलिकप्टर मौसम खराबीका कारण धनगढीमा ल्यान्ड भएको छ ।

खराब मौसमका कारण बाढीग्रस्त क्षेत्र मुसेट्टी पुग्न नसकि हेलिकोप्टर धनगढी फर्किएको सेनाको सुर्खेत कमान्डका जर्नेल प्रेम शाहीले जानकारी दिए ।

सुर्खेतबाट उडेको हेलिकप्टर खराब मौसमले कंचनपुरको मुसेट्टी पुग्न नसकेको उनले बताए ।

डडेल्धुराको जोगबुढा रुट हुँदै पहाडै पहाडको खोचबाट मुसेट्टि जान खोजेपनि ‘भिजिबिलिटी’ नभएको र अर्को रुटबाट प्रयास गर्दा समेत सम्भव नभएपछि धनगढी ल्यान्ड गरिएको उनले बताए । मौसम अनुकुल भए लगत्तै हेलिकोप्टर उद्धारमा खटाइने पनि जर्नेल शाहीले बताए ।

नदीको टापुमा फसेको पाँच जनाको नायक परिवार भने रुखको भरमा छ । ज्यान जोगाउन चढेको रुख पनि ढल्ने अवस्थामा पुगेको स्थानीयबासिन्दाले बताएका छ्न ।

कुखुरा फार्ममा कुरुवा बस्न गएका भीमदत्त नगरपालिका ९ मुसेट्टिको एकै परिवारका ५ जना सोमबार रातिदेखी फसेका थिए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ३६ वर्षीय पुष्कर नायक, ३२ वर्षीया शान्ति नायक, १० वर्षीय अजय नायक, चार वर्षीय सुरज नायक र ५० वर्षीया गौरी खड्का रुखको कापमा अडिएर बसेका छन् ।

रुख जति बेला पनि ढलेर दुर्घटना हुनसक्ने भएकाले तत्काल उद्धार गर्न आवश्यक रहेको स्थानीयबासिन्दाले बताएका छन् ।

 


Last Updated on: October 20th, 2021 at 12:56 pm
५६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया