मंगलबार १२ मंसिर २०८०

जब देशमा संकट र जनतालाई समस्यापर्छ त्यतिबेला सबैभन्दा पहिला पुकारिने नाम नै सेना प्रहरी हो । भुकम्प , आगलागी बाढि पहिरो वा जुन सुकै बेला जबजब समस्या आउछ तबतब जनताले सेना प्रहरी भन्छन् । सिमारक्षा देखि नागरिकलाई समस्या पर्दा अहोरात्र खटिने सशस्त्र प्रहरी बलले लगातार रुपमा परेको बर्षाले किसानको धानबालीमा क्षति पुर्याएपछि अहिले किसानको धान झिकेर ट्याक्टरमा हाल्दै गरेको तस्विरले धेरैको मन छोएको छ ।

ठ्याक्कै स्थान पहिचान नभएपनि तराईमा जस्तो देखिने सो क्षेत्रमा बोटको प्रयोग गरेर सशस्त्रले किसानको धान निकालेका छन् । सशस्त्र प्रहरीले धान निकाल्दै गरेको तस्विर सार्वजनिक गर्दै हास्यकलाकार विल्सन विक्रम राईले लेखेका छन् कुनै कुनै तस्बिर बोल्छन कुनै तस्बिरले नबोली भावुक बनाउछन धेरै धेरै धन्यवाद सशस्त्र प्रहरी भनेका छन् ।

तीन दिनदेखि निरन्तर पानी पर्दा काटेर खेतमा राखेको धान डुवानमा परेको छ । वर्षासँगै हावा चलेकाले नकाटेको धानलाई पनि क्षति पुर्‍याएको छ ।

प्रदेशहरुबाट प्राप्त विवरणअनुसार मंगलबार मध्यान्नसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशमा ठूलो क्षति भएको छ । ‘निरन्तरको ठूलो वर्षा र बाढीका कारण कर्णाली, सुदुरपश्चिम र लुम्बिनी प्रदेशका ७ जिल्लामा पाकेको धान बालीमा ठूलो असर परेको छ,’ कृषि मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाश सञ्जेलले भने ।

प्रारम्भीक सूचनाअनुसार कैलाली, कञ्चनपुर, सुर्खेत, बाँके, बर्दिया र कपिलवस्तु जिल्लाका किसानको पाकेको धान बाढीको चपेटामा परेका छन् । किसानहरूले काटेर खेतमा सुकाएको र कुन्यू लगाएर राखेको धान बाढीले डुबेको प्रवक्ता सञ्जेल बताए ।

प्रदेश एक, प्रदेश दुई, बागमती र गण्डकी प्रदेशमा पनि भित्र्याउन लागेको धान पानीले बिगारेको छ । पानीले बोटमा भिजेको धानभन्दा किसानले काटेर खेतमा सुकाएको, हावा र पानीका कारण ढलेर भिजेको धान बिउका लागि प्रयोग गर्नै नसक्ने बिगि्रएको छ । प्रदेश दुईमा मंगलबार दिउँसोबाट निरन्तर वर्षा सुरु भएकाले किसानहरु चिन्तित छन् । अन्य प्रदेशमा पनि आंशिक असर देखिएको छ ।

सातै प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार पानी र हावाका कारण देशको कुल धान उत्पादन क्षेत्रफलको ७.२९ प्रतिशत क्षेत्रफलमा प्रारम्भिक असर परेको देखिएको छ । नेपालमा यो वर्ष १३ लाख ४२ हजार ८१९ हेक्टर जमिनमा धान रोपाइँ भएको थियो । मंगलबार अपरान्हसम्म एक लाख ८४ हजार २०० हेक्टर क्षेत्रफलमा फलाइएको धान डुबानमा परेको छ ।

सुदूरपश्चिमका अन्न भण्डारमै बाढीको बितण्डा

प्रदेशका सबभन्दा धेरै धान उब्जनी हुने कञ्चनपुर र कैलालीको पकेट क्षत्रमै बाढीले पाकेको धान सखाप बनाएको छ । कृषि विकास निर्देशनालय, सुदुरपश्चिमका प्रमुख यज्ञराज जोशीकाअनुसार पाकेको धान काटेर खेतको गरामा सुकाएका, कुन्यू लगाएको फाँटहरुमा डुवानमा परेका छन् । किसानका घर वरपर नै डुवान भएकाले धान खेतको पानी तर्काउने वा धानलाई व्यवस्थित गर्ने काम गर्नै सकेका छैनन् ।

उनका अनुसार बेमौसममा आएको पानीका कारण प्रदेशको कुल धान उत्पादनको करिब २५ प्रतिशत धानमा असर परेको छ । अब एकदुई दिन झरी परे धान खेतमा नै कुहिने अवस्था रहेको बताए ।

कैलाली र कञ्चनपुरमा मात्रै झण्डै ४६ हजार ४६७ हेक्टर क्षेत्रफलमा लगाईको एक लाख ७१ हजार ९२७ मेटि्रकटन धान बालीमा क्षति पुगेको निर्देशनालयको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया

 


Last Updated on: October 20th, 2021 at 1:38 pm
५८१ पटक हेरिएको

तपाईको प्रतिक्रिया