
सिन्धुलीको फिक्कल गाउँपालिका-५ मा बाढीले बगाउँदा एक जना किशोरीको मृत्यु भएको छ।फिक्कल गाउँपालिका -४ खाङसाङ निवासि गनबहादुर भुजेलकी २२ वर्षीया छोरी सबिता भुजेलको मृत्यु भएको हो।फिक्कल गाउँपालिका-५ जाङजाङस्थित मामा घरबाट टीका लगाइ खाङसाङ आफ्नो घर फर्कने क्रममा चाल्ने खोलामा
आएको बाढीले बगाउँदा भुजेलको मृत्यु भएको हो। उनलाई सोमबार साँझ खोलाले बगाएको थियो।केही दिनदेखि परेको वर्षाका कारण आएको बाढीले बगाएको भुजेलको शव करिब डेढ किलोमिटर तलबाट स्थानीयले निकालेका थिए।
फिक्कल गाउँपालिका-५ जाङजाङस्थित मामा घरबाट टीका लगाइ खाङसाङ आफ्नो घर फर्कने क्रममा चाल्ने खोलामाआएको बाढीले बगाउँदा भुजेलको मृत्यु भएको हो। उनलाई सोमबार साँझ खोलाले बगाएको थियो।केही दिनदेखि परेको वर्षाका कारण आएको बाढीले बगाएको भुजेलको शव करिब डेढ किलोमिटर तलबाट स्थानीयले निकालेका थिए।
सुनसरीको धरान उपमहानगरपालिकामा पहिरोले घर पुरिँदा दुई बालबालिकाको मृत्यु भएको छ । मङ्गलबार परेको अविरल वर्षाको कारण घर पुरिँदा धरान–१३ नागेश्वर मार्ग बस्ने निशान राईकी छोरी आठ वर्षीया निशु राई र छोरा चार वर्षीय निहान राईको मृत्यु भएको हो ।
दिउँसो पौने २ बजे घरमाथिबाट झरेको पहिरोले निशान राईको १ तले टिनको छाना भएको घर पुरिएको थियो । घर पुरिँदा सो घरभित्र रहेका दुई जना बच्चासमेत पुरिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उद्धार कार्य थालेको थियो । उद्धारमा खटिएको प्रहरी टोलीले दिउँसो साढे ३ बजे दुई बालबालिलाई मृत अवस्थामा फेला पारेको हो ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रदेश १ प्रहरी प्रवक्ता डिएसपी नवीन राईले जानकारी दिए ।
कञ्चनपुरको भीमदत्त नगरपालिका ९ स्थित मुसेटीमा महाकाली नदीको टापुमा फसेकाहरूको उद्धार गर्न समस्या भएको छ ।
उद्धारका लागि सुर्खेतबाट आएको सेनाको हेलिकप्टर मौसम खराबीका कारण धनगढीमा ल्यान्ड भएको छ ।
खराब मौसमका कारण बाढीग्रस्त क्षेत्र मुसेट्टी पुग्न नसकि हेलिकोप्टर धनगढी फर्किएको सेनाको सुर्खेत कमान्डका जर्नेल प्रेम शाहीले जानकारी दिए ।
सुर्खेतबाट उडेको हेलिकप्टर खराब मौसमले कंचनपुरको मुसेट्टी पुग्न नसकेको उनले बताए ।
डडेल्धुराको जोगबुढा रुट हुँदै पहाडै पहाडको खोचबाट मुसेट्टि जान खोजेपनि ‘भिजिबिलिटी’ नभएको र अर्को रुटबाट प्रयास गर्दा समेत सम्भव नभएपछि धनगढी ल्यान्ड गरिएको उनले बताए । मौसम अनुकुल भए लगत्तै हेलिकोप्टर उद्धारमा खटाइने पनि जर्नेल शाहीले बताए ।
नदीको टापुमा फसेको पाँच जनाको नायक परिवार भने रुखको भरमा छ । ज्यान जोगाउन चढेको रुख पनि ढल्ने अवस्थामा पुगेको स्थानीयबासिन्दाले बताएका छ्न ।
कुखुरा फार्ममा कुरुवा बस्न गएका भीमदत्त नगरपालिका ९ मुसेट्टिको एकै परिवारका ५ जना सोमबार रातिदेखी फसेका थिए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार ३६ वर्षीय पुष्कर नायक, ३२ वर्षीया शान्ति नायक, १० वर्षीय अजय नायक, चार वर्षीय सुरज नायक र ५० वर्षीया गौरी खड्का रुखको कापमा अडिएर बसेका छन् ।
रुख जति बेला पनि ढलेर दुर्घटना हुनसक्ने भएकाले तत्काल उद्धार गर्न आवश्यक रहेको स्थानीयबासिन्दाले बताएका छन् ।