
फेसबुक, युट्युब, टिकटक लगायतका सामाजिक सञ्जालमा सर्वाधिक लोकप्रिय पुण्य गौतमले राजनीतिमा फड्को मारेका छन् ।
गौतम नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटिमा चयन भएका हुन् ।
गौतमले आफू नेकपा एसको केन्द्रीय सदस्य बनेको कुरा सामाजिक सञ्जाल फेसबुक मार्फत बताएका छन् ।
गौतमले आफूलाई केन्द्रीय कमिटिमा मनोनयन गरेकामा पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधव नेपाललाई धन्यवाद दिएका छन्।
आफ्नो फेसबुक स्टाटसमा उनले लेखेका छन्ः ‘मलाई नेकपा एकीकृत समाजवादीको केन्द्रिय स।कमिटी सदस्यको जिम्मेवारी दिनुभएकोमा श्रद्धेय
अध्यक्ष एवं सम्माननिय पुर्व प्रधानमन्त्री क.माधव नेपाल र हाम्रो पार्टीप्रती हार्दिक आभारी छु’फेबसकु, युट्युब, टिकटक लगायतका सामाजिक सञ्जाल चलाउने प्रयोगकर्तामध्ये उनलाई नचिन्ने सायदैं होलान् ।
तत्कालिन समयमा उनलाई नेकपा एमालेको केन्द्रीय सदस्य बनाईएको र अन्तिममा समयमा नाम काटिएको चर्चा पनि हुने गर्दछ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका ९ स्थित मुसेटीमा महाकाली नदीको टापुमा फसेकाहरूको उद्धार गर्न समस्या भएको छ ।
उद्धारका लागि सुर्खेतबाट आएको सेनाको हेलिकप्टर मौसम खराबीका कारण धनगढीमा ल्यान्ड भएको छ ।
खराब मौसमका कारण बाढीग्रस्त क्षेत्र मुसेट्टी पुग्न नसकि हेलिकोप्टर धनगढी फर्किएको सेनाको सुर्खेत कमान्डका जर्नेल प्रेम शाहीले जानकारी दिए ।
सुर्खेतबाट उडेको हेलिकप्टर खराब मौसमले कंचनपुरको मुसेट्टी पुग्न नसकेको उनले बताए ।
डडेल्धुराको जोगबुढा रुट हुँदै पहाडै पहाडको खोचबाट मुसेट्टि जान खोजेपनि ‘भिजिबिलिटी’ नभएको र अर्को रुटबाट प्रयास गर्दा समेत सम्भव नभएपछि धनगढी ल्यान्ड गरिएको उनले बताए । मौसम अनुकुल भए लगत्तै हेलिकोप्टर उद्धारमा खटाइने पनि जर्नेल शाहीले बताए ।
नदीको टापुमा फसेको पाँच जनाको नायक परिवार भने रुखको भरमा छ । ज्यान जोगाउन चढेको रुख पनि ढल्ने अवस्थामा पुगेको स्थानीयबासिन्दाले बताएका छ्न ।
कुखुरा फार्ममा कुरुवा बस्न गएका भीमदत्त नगरपालिका ९ मुसेट्टिको एकै परिवारका ५ जना सोमबार रातिदेखी फसेका थिए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार ३६ वर्षीय पुष्कर नायक, ३२ वर्षीया शान्ति नायक, १० वर्षीय अजय नायक, चार वर्षीय सुरज नायक र ५० वर्षीया गौरी खड्का रुखको कापमा अडिएर बसेका छन् ।
रुख जति बेला पनि ढलेर दुर्घटना हुनसक्ने भएकाले तत्काल उद्धार गर्न आवश्यक रहेको स्थानीयबासिन्दाले बताएका छन् ।