
नयाँ दिल्ली ३ कात्तिक- भारतको उत्तराखण्डमा पनि बर्षा र बाढीको प्रकोप बढेको छ । सो बाढीमा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको छ । उता भारतको दक्षिणी राज्य केरलामा हालै आएको बाढीबाट दर्जनौँ व्यक्तिको ज्यान गएको बताइएको थियो । योसँगै यता उत्तराखण्डमा पनि अविरल बर्षा र बाढी आएको बताइएको छ ।
यहाँका अधिकारीहरुले मगलबारसम्म उत्तराखण्डका विभिन्न स्थानमा परेको अविरल बर्षा र त्यसपछिको बाढीले कम्तीमा पनि १६ जनाको ज्यान गएको बताएका छन् । यहाँका मौसमसम्बन्धी विज्ञहरुले उत्तराखण्डमा बर्षा जारी रहेको बताएका छन् । साथै उनीहरुले सतर्क रहन पनि सबैलाई सचेत गराएका छन् । (रासस÷सिन्ह्वा)
शिवसेनाका एक शीर्ष नेताले नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)विरुद्ध भारतको सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका छन् ।
राज्यमन्त्रीको दर्जा प्राप्त किशोर तिवारीले मुख्य न्यायाधीशसँग बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानको मुद्दामा राम्रोसँग छानबिन गराउन माग गरेका हुन् ।उनले आर्यन खानको ‘मौलिक अधिकारहरू’को हनन भएको भन्दै उक्त मुद्दामा राम्रोसँग जाँच गर्न माग गरेका हुन् ।
एनसीबीले पछिल्लो दुई वर्षदेखि दुर्भावना र पक्षपातपूर्ण तरिकाले फिल्मी हस्तीहरू, मोडल र सेलिब्रिटीहरूलाई अनावश्यक तनाव दिएको आरोप तिवारीले लगाएका छन् ।उनको निवेदनमा आर्यन खान र अरू आरोपितहरूको जमानत निवेदनमा सार्वजनिक अवकाशको नाम दिएर अक्टोबर २० सम्म रोकेको,
एनसीबीले आरोपितहरूलाई अपमान गरेको र अलोकतान्त्रिक रूपमा १७ दिनसम्म जेलमा राखेकोलगायत विषय उल्लेख गरिएको छ ।उनले एनसीबी र मुम्बईका क्षेत्रीय निर्देशक समीर वानखेडेमाथि पनि प्रश्न उठाएका छन् । नवभारत टाइम्सबाट ।