आइतबार १४ आश्विन २०८०

विद्युत् सेवा अवरुद्ध भएसँगै प्रहरीसँग भएका सञ्चार सेटहरूले काम गर्न छाडेपछि समस्या भएको छ । जिल्लामा कहाँ के भइरहेको छ भन्ने विषयमा जानकारी लिनै समस्या भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी रमेशबहादुर पालले बताए ।

उनले भने, ‘प्रहरीसँग भएको नेपाल टेलिकमको फोन र सञ्चार सेटहरु मात्रै हो । टेलिकमको सेवा पुर्ण रुपमा अवरुद्ध छ । वाकिटकी चार्ज गर्न पाइएको छैन । त्यसैले दुर्गम ठाउँका खबरहरू प्राप्त गर्न सकिएको छैन । जिल्ला सदरमुकाम र आसपासका क्षेत्रमा मात्रै सम्पर्क हुन सकिरहेको छ । दुर्गम ठाउँहरूमा सम्पर्क गर्नै सकिएको छैन ।’

कतिपय ठाउँमा एनसेल मोबाइलले काम गरे पनि एनसेलको सिम पाउनै मुस्किल भएको उनले बताए । बैतडीमा गत सोमबार रातिदेखि विद्युत् सेवा, एनटीसी फोन सेवा र इन्टरनेट सेवा पूर्ण रूपले अवरुद्ध भएको छ ।

काठमाडौं ३ कात्तिक । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा चार दिन देखि अविरल परेको वर्षाले ठुलो धनजनको क्षति पुर्याएको विषयमा छलफल हुने बताइएको छ ।

साथै बाढी पहिरोबाट भएको धनजनको क्षति , पिडित परिवारलाई राहातको विषयमा समेत छलफल हुने भएको छ ।

यस अघि नै प्रधानमन्त्री देउवाले सिंहदरबारस्थित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकबाट देशभर भएका क्षतिको विषयमा विवरण लिइसकेकाले बाढी पहिरो प्रभावित तथा मृतकका परिवारलाई उचित राहत दिने घोषणा गरिसकेका छन् ।

 


Last Updated on: October 20th, 2021 at 4:26 pm
१६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया