मंगलबार ०९ आश्विन २०८०

काठमाडौं । बाढी, पहिरो र डुबानमा परेर अहिलेसम्म ५२ जनाको ज्यान गइसकेको छ ।

आइतवारदेखि भएको भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परेर अहिलेसम्म ५२ जनाले ज्यान गुमाएका हुन् । ३० जना हराइरहेका छन् ।

ज्यान गुमाउनेमा सबैभन्दा धेरै डोटीमा १३ जना र इलाममा ११ जना रहेका गृह मन्त्रालयले जनाएको छ । यस्तै हुम्ला, धनकुटा र पाँचथरमा छरछ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ ।

बैतडीमा चार, कालीकोटमा एक, डडेल्धुरामा एक, प्युठानमा एक, सुनसरीमा दुई र उदयपुरमा एक जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।

बैतडीमा चार, कालीकोटमा एक, डडेल्धुरामा एक, प्युठानमा एक, सुनसरीमा दुई र उदयपुरमा एक जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।

यस्तै पहिरोमा परेर बझाङमा २३ जना बेपत्ता भएका छन् । साथै प्युठानमा दुई जना र इलाममा पाँच जना बेपत्ता भएका गृह मन्त्रालका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए ।

बाढी, पहिरो र डुबानमा परेर विभिन्न जिल्लामा अहिलेसम्म २३ जना घाइते भएका छन् । हराएकाहरूको खोजी कार्य र फसेकाहरूको उद्धार कार्य भइरहेको गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिनुभएको छ ।

प्राप्त विवरणमा बाढी, पहिरो र डुबानबाट १९ जिल्ला प्रभावित भएका छन् ।

यसैबीच, महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिकाका तटीय क्षेत्रका बस्ती डुबानको उच्च जोखिममा छन् ।

यहाँको महाकाली नदीमा बनिरहेको चार लेनको पक्की पुलसँगै निर्माण भएको ६ लेनको पहुँच मार्ग भत्किएर बाढी गाउँ बस्ने खतरा बढेको छ । “मङ्गलबार रातिसम्म पहुँच मार्गको ५० प्रतिशत चौडाइ नदीले कटान गरिसकेको थियो”, इलाका प्रहरी कार्यालय गड्डचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले भने, “अहिले त एक/दुई मिटर मात्रै सडक बाँकी छ ।”

पहुँच मार्ग भत्किए ऐरी, ओदाली, बडैपुर, पिपरियालगायत गाउँ डुबानमा पर्नेछन् । स्थानीय प्रशासनले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा जाली भर्ने कार्य गरेर सम्भावित जोखिम टार्ने प्रयास गरिरहेको छ । नदीमा पानीको बहाव घटिरहेको भए पनि छेउछाउका कटान भने तीव्र बनाएको छ ।

पहुँच मार्ग भत्किएर बस्ती डुबान हुनसक्ने भन्दै सो क्षेत्रका स्थानीयवासीलाई अन्यत्रका विद्यालय र सुरक्षित स्थानमा सारिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले मङ्गलबार मात्रै कञ्चनपुरमा बाढीबाट बच्न दुई हजार सात सय जनालाई सुरक्षित स्थानमा सारिएको बताए ।

“हिजो ५२७ परिवारलाई सुरक्षित स्थानमा सार्ने काम भयो”, प्रवक्ता थापाले भने, “आज महाकाली गाउँ बस्ने खतरा भएकाले ऐरीघाटदेखि दक्षिण झोलुङ्गे पुलसम्म सुरक्षित स्थानमा सर्न माइकिङ गरेका छौँ ।”

उनले धेरै स्थानीय सर्न तयार रहे पनि केहीले अटेर गरेको समेत बताए । “पहुँचमार्ग पूरै बगिसकेको होइन”, उनले भने, “बगेर महाकाली गाउँ पस्ने खतरा पनि धेरै छ ।”

उनले आज बिहान गरिएको मापनअनुसार महाकालीमा पानीको बहाव तीन लाख १२ हजार क्युसेक पुगेको जानकारी दिए । त्यसैगरी दोधारा चाँदनी क्षेत्रमा पनि महाकालीले केही स्थानमा कटान गरिरहेको छ । त्यहाँ जोगबुढा र महाकाली नदीको बाढी गाउँ पस्दा केही वडाहरुका नागरिकलाई उद्धार गरिएको थियो ।

 


Last Updated on: October 21st, 2021 at 8:37 am
८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया