सोमबार १८ मंसिर २०८०

पहिरोमा परी घाइते भएकाहरुको उपचार गर्न गएका दुई चिकित्सक बेपत्ता

इलाम । पहिरोमा परी घाइते भएकाहरुको उपचार गर्न गएका दुई चिकित्सक बेपत्ता भएका छन् ।इलामको माङसेबुङ र पाँचथरको मिक्लाजुङ गाउँपालिको संगमस्थल चिसोपानी पन्चमी बजारबाट मिक्लाजुङ गाउँपालिका

वडा नम्बर ६ मा पहिरोमा परी घाइते भएकाको उपचारका लागि गएका चिकित्सक सुमन राई र ठाकुराप्रसाद याक्खा बेपत्ता भएका हुन् । राई र याक्खा दुवै माङसेबुङ–६ स्थित बाँझो स्वास्थ्य चौकी-सामुदायिक स्वास्थ्य इकाईमा कार्यरत थिए ।

मंगलबार साँझ उपचारका लागि घाइतेको परिवारले बोलाएपछि उनीहरु उपचारका लागि घटनास्थल प्रस्थान गरेका थिए । तर, घरबाट हिडेको ५ मिनेटपछि नै उनीहरु सम्पर्कविहीन भएका हुन् ।दृष्टि

दुई दिनको लगातार आएको वर्षापछिको पहिरामा पुरिएर इलाममा १३ जनाको मृत्यु भएको छ । पहिराका कारण फाकफोकथुम गाउँपालिकामा एकै परिवारका चारसहित छ जनाको ज्यान गएको छ ।

फाकफोकथुम–३ आमचोकमा एकै परिवारका चार जनाको पहिराले पुरेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

घरमाथिको ढिस्को खस्दा ८६ वर्षीय नैनसिंह कटुवाल, ८० वर्षीय रनदत्ता थापा, १६ वर्षीय निशान कटुवाल र १३ वर्षीय निश्चत कटुवालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुईतले घरको भुइँतलामा सुतेका उनीहरूलाई पहिराले पुरेको थियो । माथिल्लो तलामा सुतेका समीक्षा र गोमा कुटुवाल भने बच्न सफल भएका छन् ।

देउमाई नगरपालिका–२ की सरिता आचार्य, सूर्योदय नगरपालिकाका–३ जिलका नारायण मोते, माई नगरपालिका–३ का विशाल तामाङको मृत्यु भएको जनाइएको छ । त्यस्तै जिल्लामा सात जना बेपत्ता भएका छन् । बाढी, पहिराका कारण दर्जनौँ सडक अवरुद्ध भएका छन् ।


Last Updated on: October 21st, 2021 at 8:42 am
४१४ पटक हेरिएको

तपाईको प्रतिक्रिया