बुधबार १० आश्विन २०८०

अबिरल वर्षा संगै गएको पहिरोमा परी पाचथर कुरुम्बामा ११ को मृत्यु भएको खबर छ। मृत्यु हुनेमा एकै घरका ७ र अन्य ४ जना रहेका छन।मगलबार राती अबिरल वर्षा संगै पहिरो जादा उक्त घटना भएको एक स्थानियले जानकारी दिए।

हालसम्म मिक्लाजुङ–५ का ३६ वर्षीय विष्णुप्रसाद लावती, ५५ वर्षीया भद्रमाया लावती, ३६ वर्षीय सन्दीप लावती, १७ वर्षीया अनिशा चोङवाङ, २८ वर्षीय प्रताप चोङवाङ, ६५ वर्षीय पदमसिंह चोङवाङ, ३१ वर्षीय सुरज चोङवाङ, ७६ वर्षीय नरबहादुर लावती, ९ महिनाकी आकांक्षा लावती, मिक्लाजुङ–४ का २९ वर्षीय बबिन राई, ६० वर्षीय साहिला मगर र २७ वर्षीया दिवाना राईको शव पहिचान भएको हो ।

बुधबार पहिरोमा पुरिएर ज्यान गुमाएका फिदिम–४ की २५ वर्षीया ममता मगर, ४ वर्षीय रोयल मगर, कुम्मायक–२ का ४० वर्षीय डम्बरकुमारी शेर्मा,

माङसेबुङ : पहिरोमा परी घाइते भएकाहरुको उपचार गर्न गएका माङसेबुङका दुई स्वास्थ्यकर्मी बे,पत्ता भएका छन् ।

इलामको माङसेबुङ गाउँपालिका र पाँचथरको मिक्लाजुङ गाउँपालिको संगमस्थल चिसोपानी पन्चमी बजारबाट मिक्लाजुङ गाउँपालिका वडा नम्बर ६ कुरुम्बामा पहिरोमा परी घाइते भएकाको उपचारका लागि गएका स्वास्थ्यकर्मी ठाकुरप्रसाद याक्खा र सुमन राई बे,पत्ता भएका हुन् ।

याक्खा र राई दुवै माङसेबुङ-६ स्थित बाँझो स्वास्थ्य चौकीमा कार्यरत थिए । मंगलबार साँझ उपचारका लागि घाइतेको परिवारले बोलाएपछि उनीहरु उपचारका लागि घटनास्थल प्रस्थान गरेका थिए । तर, घरबाट हिँडेको ५ मिनेटपछि नै उनीहरु सम्पर्कविहीन भएका हुन् ।

नजिकै पहिरो गएको ठाउँ भएकाले सोही पहिरोले पुरिएको हुनसक्ने अनुमान गरिएको छ । उनीहरुको खोजीकार्य जारीरहेको छ । तर हालसम्म फेला पर्न सकेको छैन । इलाम सुम्बेक घर भएका याक्खा र माङसबेुङ २ इभाङ घर भएका राई साइनोमा साढुदाई र साढुभाई हुन् ।

 

इलाम : लगातारको वर्षापछिको पहिरोमा परी इलाममा १३ जनाको ज्यान गएको छ । पहिरोले पुरिँदा फाकफोकथुम गाउँपालिकामा एकै परिवारका ४ सहित ६ जनाको ज्यान गएको छ । फाकफोकथुम-३ आम्चोकमा एकै परिवारका ४ जनाको पहिरोले पुरेर ज्यान गएको प्रहरीले जानकारी दिएकाे छ ।

घरमाथिको ढिस्को खस्दा ८६ वर्षीय नैनसिंह कटुवाल, ८० वर्षीय रनदत्ता थापा, १६ वर्षीय निशान कटुवाल र १३ वर्षीय निश्चत कटुवालको ज्यान गएको हो । ३ जनाको शव निकालिसकिएको र नैनसिंहको शव निकाल्ने काम भइरहेको छ ।

२ तले घरको भुईंतलामा सुतेका उनीहरुलाई पहिरोले पुरेको थियो । माथिल्लो तलामा सुतेका समीक्षा र गोमा कुटुवाल भने बच्न सफल भएका छन् । त्यस्तै सूर्योदय नगरपालिकामा ३, माई नगरपालिकामा १ र माङसेवुङ गाउँपालिकामा २ जनाको ज्यान गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । इलाममा २ जना बेपत्ता रहेका छन् । पहिरोका कारण दर्जनभन्दा धेरै घर परिवार विस्थापित भएका छन् ।

पाँचथरको मिक्लाजुङ गाँउपालिकामा पहिरो तथा खोलाले बगाउँदा २१ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् ।

गाँउपालिका अध्यक्ष अमर माखिमका अनुसार विभिन्न गाउँमा गएको पहिरो र खोलाले बगाउँदा यतिको सङ्ख्यामा मृत्यु भएको हो । बेपत्ता भएका २४ जनामा मध्ये २१ जनाको शव भेटिएको छ । अविरल वर्षाका कारण पहिरो जाँदा मिक्लाजुङमा ठुलो क्षति हुन पुगेको हो ।

मिक्लाजुङ–५ मा १५ जनाको मृत्यु २ बेपत्ता वार्ड न. १ मा २, वार्ड २ मा २ जना, ४ मा खोलाले बगाएर १ जना बे,पत्ता भएका छन् । यस्तै ७ मा २ जनाको मृत्यु भएको अध्यक्ष माखिमले जानकारी दिए । मिक्लाजुङ–५ को कुरुम्बामा एकै ठाँउमा ११ जनाको मृत्यु भएको छ ।

यस्तै फिदिम–४ मा दुई जना, फाल्गुननन्द गाँउपालिकामा–३ जना र कुम्मायमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ ।

पहिरोले मेची राजमार्गको इलाम–फिदिम र फिदिम–ताप्लेजुङका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । यस्तै जिल्ला सदरमुकाम फिदिमसँग विभिन्न गाउँपालिका जोड्ने सडक पनि पहिरोका कारण अवरुद्ध भएका छन् ।

 

 


Last Updated on: October 21st, 2021 at 10:00 am
७९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया