
काठमाडौं ४ कात्तिक । करेन्ट लागेर एकै परिवारका चार जना घाइते भएका छन् । सप्तरी जिल्लाको सदरमुकाम राजविराज नगरपालिका वडा नम्बर ६ मा आज बिहीबार बिहान करेन्ट लाग्दा ४० वर्षीय शिव नारायण साहको परिवारका चार जना घाइते भएका हुन् ।
घाइते हुनेमा साहकी पत्नी ३५ वर्षीया संतोसी साह, ३८ वर्षीया भाउजु राजकुमारी साह र भतिजो १८ वर्षीय रक्षित साह रहेका छन् । निजको घरको छतमा झुण्डिएको होडिङ बोर्ड हावाले झरेपछि नजिकै रहेको ११ हजार भोल्टको विद्युतीय तारमा ठोक्किएको थियो ।
त्यो होडिङ बोर्ड हटाउने क्रममा शिव साहलाई करेन्ट लागेपछि उनलाई छुटाउने क्रममा सबैलाई करेन्ट लागेको बताइएको छ ।
करेन्ट लागि गम्भिर घाइते भएका चारै जनाको गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सार साउन जस्तै गरेर निरन्तर रुपमा आइतवार रातिदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा आएको बाढी र पहिरोले जनजिवन प्रभावित भएको छ । मंगलवार दिउसो सम्मको जानकारी अनुसार अहिले सम्म बाढी पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ।अहिले अधिकांश स्थानमा वर्षा पछि आएको हावाका कारण किसानले आफ्नो बालीनाली समेत उठाउन नपाइकन ल’डेर सोतर भएको छ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार डोटीमा दुइ जना र डडेल्धुरामा एक जनाको मृत्यु भएको हो। त्यस्तै डडेल्धुरामा दुई जना घाइते भएका छन्। कैलालीमा एक जना बेपत्ता भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।तराइका किसानहरूको पछौटे धानलाई त झन् धेरै नै प्रभावित बनाएको छ,उनीहरूको धान यतिबेला ठीक्क पसाउन मात्रै थालेको थियो।
भारी वर्षातका कारण सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा आएको बाढी र पहिरोमा परेकाहरूको उद्धार नेपाली सेनाको हेलिकोप्टरबाट गरिँदै छ। महाकाली नदीको टोपुमा ५ जना फसेका छन् । उनीहरुको पनि उद्दारको प्रयास भइरहेको छ । गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा नेपाली सेनाको सुर्खेतस्थित स्टेसनबाट बाढी र पहिरोमा परेकाहरूको उद्धारका लागि हेलिकोप्टर उडेको मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाकी प्रमुख सहसचिव हुमकला पाण्डेले जानकारी दिइन्।
बाढी पहिरोको कारण म्याग्दी, कैलाली, डोटी, अछाम, बझाङ लगायतका स्थानमा सडक अवरुद्ध भएको छ। यता, अविरल वर्षाका कारण सेती नदीमा आएको बाढीले ४० जना फसेका छन्। डोटी र बैतडी जोडिएको पुल बाढीले ढलाउँदा सिगास गाउँपालिका ढुंगाडका १० परिवारका ४० जना स्कुलमा फसेको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए।
त्यहाँका गाइबस्तुहरु बगे, मान्छेहरु स्कुलमा आश्रय लिएर बसेका छन्। सेती नदीमा डोटी र बैतडीबाट जोडिएको पुल ढलेको छ। मौसमका कारण उद्दारका लागि हेलिकप्टरको प्रयोग समेत गर्न नपाएको जनप्रतिनिधिले जनाएका छन् ।