बिहिबार ११ आश्विन २०८०

काठमाडौं , ४ कात्तिक . जुवातास खेल्नु कानुनविपरितको काम मानिन्छ । जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई सय रुपैयाँ जरिबाना र दोस्रो पटकदेखि भने बढीमा नौ महिना कैदको व्यवस्था छ । यसलाई बढाएर मुलुकी अपराध संहिता २०७५ ले पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिवानाको व्यवस्था गरेको छ ।

दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिवाना तोकिएको छ । दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना तिर्नुपर्ने व्यवस्था छ । विशेषत दसैँतिहारमा जुवातास खेल्ने क्रम बढ्ने गर्छ । यसलाई नियन्त्रण गर्न प्रहरीले गस्ती गर्ने गर्छन् ।

तर , सर्लाहीमा आफ्नो पदीय दायित्वलाई बेवास्ता गर्दै सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, प्रहरी प्रमुख एसपी सन्तोष सिंह राठौर तथा सशस्त्र प्रहरी प्रमुख गंगाराम श्रेष्ठलगायत उच्च अधिकारी सार्वजनिकस्थलमै तास खेलिरहेको भिडियो सार्वजनिक भएको छ ।

जिल्लाको प्रमुख निकायमा रहेर शान्ति सुरक्षा तथा कानुन कार्यान्वयनको जिम्मेवारी लिएका सीडीओ, एसपीद्वय तासमा तल्लिन भिडियो समाजिक सञ्जालमा सार्वजानिक भएपछि विभिन्न प्रकारका टिकाटिप्पणी भइरहेका छन् ।

दसैँको माहोलमा सार्वजनिक चौरमा जिल्लाका प्रमुख पदीय दायित्वमा रहेकाहरूले गरेको हर्कतले आम मानिस निरास छन् । यसविषयमा सीडीओ र एसपी राठौरलाई सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहेनन् ।

प्रतिकृया दिनुहोस

डोटी, ४ कात्तिक -अविरल वर्षाका कारण सिलगढी–साँफे सडकखण्डमा पहिरो आउँदा तीन दिनदेखि अवरुद्ध भएको पहलमानसिंह स्वाँर रामजमार्ग पुनःसञ्चालन भएको छ । जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता रवीन्द्र चन्दका अनुसार सिलगढी–साँफे सडकअन्तर्गत डोटीको उडितोलामा गएको पहिरो गए राति पन्छाएपछि यहाँको राजमार्ग खुलेको हो । राजमार्ग अवरुद्ध भएपछि तीन दिनदेखि अलपत्र परेका सवारी साधन तथा यात्रु अहिले आ आफ्नो गनतव्यतिर लागेका छन् ।

नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले अवरुद्ध भएको उक्त राजमार्ग खुलाएको हो । यसैगरी डडेल्धुराको स्याउलेदेखि डोटीको दिपायल जोड्ने डा केआइसिंह राजमार्गका विभिन्न ठाउँमा गएको पहिरो पन्छाउने क्रम पनि जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त राजमार्गको कालागाढ, अड्यौल, बानीडुग्रीसैनलगायतका ठाउँमा आएका पहिरो पन्छाइसकिएको र अब डडेल्धुरा क्षेत्रमा पर्ने ठाउँमा आएको पहिरो पन्छाउने काम भइरहेकाले सम्भवःत आज साँझसम्म उक्त राजमार्ग पनि खुल्नेछ । वर्षा र बाढी पहिराले अहिलेसम्म जिल्लामा १४ जनाको ज्यान गइसकेको छ भने ग्रामीण क्षेत्रका दजनौँ सडक अवरुद्ध भएका छन् ।(रासस)

प्रतिकृया दिनुहोस

 


Last Updated on: October 21st, 2021 at 12:39 pm
४९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया