शुक्रबार १५ मंसिर २०८०

काठमाडौं ४ कात्तिक । हिमपातका कारण फसेका चार विदेशीको आज बिहिबार हेलिकोप्टरमार्फत उद्धार गरिएको गरिएको छ ।

हुम्मा जिल्लाको नाम्खा गाउँपालिका–६, लिमीकोे तुम्लिङमा आइतबारदेखि परेको हिमँपातका कारण फसेका स्लोभेनियाका चार नागरिकलाई ट्रेकिङ एजेन्सीको सहयोगमा हेलिकोप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ ।

तीन फिटसम्म हिउँ परेपछि चार विदेशी ,तीन टुरिस्ट गाइड र पाँचजना स्थानीय सो स्थानमा फसेका हुन् । अन्य आठ जनाको पनि उद्धार भइरहेको बताइएको छ ।

ट्रेकिङ कम्पनीमार्फत आएका उनीहरुले नै हेलिकोप्टरको रुपैयाँ तिरेका छन् । ट्रेकिङ कम्पनीसँग प्रशासनले समन्वय गरेर उनीहरूकै हेलिकोप्टर पठाइएको उद्धारको लागि पठाइएको हो ।

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा र लिमीका पदयात्रामा आएका स्लोभेनियाका चार नागरिक, तीन पथप्रदर्शक र पाँच स्थानीय आइतबारबाट परेको बाक्लो हिमपातले लिमी क्षेत्रको तुम्लिङमा फसेका छन् ।पर्यटकीय क्षेत्र नाम्खा गाउँपालिकाको लिमीको पदयात्रा सकाएर सिमकोट फर्किने क्रममा आइतबार रातिबाट परेको बाक्लो हिमपातले बाटो छिचोल्न नसकेपछि उनीहरु तुम्लिङमा रोकिन बाध्य भएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभयो ।

हिमपातको कारण नाम्खा गाउँपालिका–६ को लिमीको न्यालु लेकको बाटो अवरुद्ध हुँदा बाटो छिचोल्न नसकेर विदेशीसहित १२ जना रोकिएका हुन् । असोज २२ गते सिमकोटबाट हिल्सा हुँदै लिमीको पदयात्रामा गएका टोली र पदयात्रापछि टोली न्यालु लेक हुँदै पैदलमार्गबाट सिमकोट आउने कार्यक्रम थियो । आइतबारबाट परेको बाक्लो हिमपातको कारण न्यालु लेकमा बाक्लो हिमपात हुँदा उक्त टोली उतै रोकिनुपरेको रिचा टुरका हुम्ला प्रतिनिधि पेमा लामाले बताउनुभयो ।

न्यालु लेकमा तीन फिटभन्दा बढी हिमपात परेकाले बाटो बन्द भएपछि स्थानीय नागरिक आन्तरिक तथा बाह्य पर्यटकलाई आवतजावतमा समस्या रहेको नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङले बताउनुभयो । उद्धारका लागि हेलिकोप्टरको व्यवस्थाका लागि गृहमन्त्रालयमा लेखी पठाएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभयो । प्रजिअका अनुसार बुधबार मौसम सफा नभएको कारण उद्धार हुन सकेन । रासस

प्रतिकृया दिनुहोस

 


Last Updated on: October 21st, 2021 at 12:53 pm
१३२ पटक हेरिएको

तपाईको प्रतिक्रिया