मंगलबार ०९ आश्विन २०८०

धरान ११ स्थित ओम शान्ती मार्गमा आज एक युवा सुतेको अवस्थामा नै मृ”त फे’ला परेको छ । धरानको दुर्गा चोकमा मासु व्यवसाय गर्ने लक्ष्मण लिम्बुको हिजो मृ”त्यु भएको हो ।

सुनसरी मासु व्यवसायी संघको सचिव समेत रहेका २७ वर्षिय लिम्बु हिजो साँझ हल्का घाँटी दु’खे’कोले औषधि खाएर सुतेको परिवारले जनाएको छ । धरान ११ का वडाध्यक्ष बाबुलाल लामाले प्रहरीले घ,टना स्थल र श”वको मु’चुल्का उठाएर पोस्ट’मार्ट’मका लागी विपी प्रतिष्ठान लगिएको बताए ।

तेह्रथुम छथर गाउँपालीका ३ नम्बरका मृ’त’क लिम्बु हाल दिदी भेना र दाजुहरूसंग धरान ११ मा बस्दै आएका थिए । जिल्ला प्रहरी कार्यलय सुनसरीका डिएसपी विनोद शर्माले लिम्बु मृ’त भेटिएको बताए । उनले भनेयस विषयमा हामी थप अनुसन्धान गर्दै छौ।

लापाज ४ कात्तिक- बोलिभियाको लापाजमा सावरी दुर्घटनामा परी कम्तीमा पनि १२ जनाको मृत्यु भएको छ । सडकमा गुडिरहेका दुई सवारी साधन आपसमा ठोक्किँदा यो दुर्घटनामा भएको बताइएको छ । बोलिभियाको लापाजनजिकैको हाउनी नगरको सडकमा सो दुर्घटना भएको बताइएको छ । दुर्घटनामा परी ज्यान जानेमा यहाँको खानीमा काम गर्ने मजदुरका तीन जना नेता पनि परेका छन् । मजदुरसम्बन्धी कार्यक्रममा पुगेर फर्किने क्रममा सो दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् ।

प्रहरीले दुई सवारी साधन एक आपसमा ठोक्किन पुग्दा सो दुर्घटना भएको बताएको छ । यसक्रममा अरु दुई जना नराम्ररी घाइते भएका छन् । घाइते भएकाहरुलाई अस्पताल पुर्याइएको छ ।


Last Updated on: October 21st, 2021 at 2:19 pm
८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया