सोमबार १८ मंसिर २०८०

बलिउड अभिनेता शाहरुख खान र गौरी खानका छोरा आर्यन खानको जेलबाट छुट्न अझै समय लाग्ने देखिएको छ । बुधबार पनि अदालतले आर्यानको जमानत खारेज गरिदिएपछि कयौँ सेलिब्रेटी उनको समर्थनमा उत्रिएका छन् ।

कमल आर खानले आर्यानको जमानत निवेदन खारेज भएपछि ट्वीट गर्दै भनेका छन्, ‘आर्यान खानको जमानत निवेदन खारेज गरिएको छ, यो पूर्ण उत्पीडन जस्तो देखिन्छ । एक व्यक्ति जेलमा २० दिन कसरी बस्न सक्छ, जसबाट न त लागुऔषध भेटियो न त उनी यसलाई सेवन गर्दा समातिएका नै हुन् ।

एउटै केसमा उता भारती सिंहलाई एकै दिनमा रिहा गरिएको थियो, जसको साथबाट ८६ ग्राम ड्रग्स बरामद भएको थियो । मतलब, दुई व्यक्तिका लागि दुई वटा फरक–फरक कानून ।’

कंगना रनवत, सलमान खान, ऋतिक रोशन, फराह खान, सुनिल सेट्टी लगायतका कलाकारहरुले पनि आर्यान पक्राउको विरोध गरिरहेका छन् । अदालतले बुधबार आर्यानसहित पक्राउ परेका तीन जनाको जमानत निवेदन खारेज गर्यो ।

क्रूज ड्रग्स केसमा पक्राउ परेका उनीसहित तीनै जना हाल आर्थर रोड जेलमै रहने छन् । अदालतमा बुधबार कुनै पनि पक्षले आफ्नो तर्क राखेनन्, न्यायाधिशले सिधै आफ्नो फैसला सुनाए ।

आर्यानका वकिलले अब मुम्बई उच्च अदालतमा जमानतका लागि आज निवेदन दिएका छन् । आर्यन खानका वकिलले फैसलाको विस्तृत प्रति पाउने बित्तिकै उनी उच्च अदालत गएका हुन् ।

असार साउन जस्तै गरेर निरन्तर रुपमा आइतवार रातिदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा आएको बाढी र पहिरोले जनजिवन प्रभावित भएको छ । मंगलवार दिउसो सम्मको जानकारी अनुसार अहिले सम्म बाढी पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ।अहिले अधिकांश स्थानमा वर्षा पछि आएको हावाका कारण किसानले आफ्नो बालीनाली समेत उठाउन नपाइकन ल’डेर सोतर भएको छ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार डोटीमा दुइ जना र डडेल्धुरामा एक जनाको मृत्यु भएको हो। त्यस्तै डडेल्धुरामा दुई जना घाइते भएका छन्। कैलालीमा एक जना बेपत्ता भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।तराइका किसानहरूको पछौटे धानलाई त झन् धेरै नै प्रभावित बनाएको छ,उनीहरूको धान यतिबेला ठीक्क पसाउन मात्रै थालेको थियो।

भारी वर्षातका कारण सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा आएको बाढी र पहिरोमा परेकाहरूको उद्धार नेपाली सेनाको हेलिकोप्टरबाट गरिँदै छ। महाकाली नदीको टोपुमा ५ जना फसेका छन् । उनीहरुको पनि उद्दारको प्रयास भइरहेको छ । गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा नेपाली सेनाको सुर्खेतस्थित स्टेसनबाट बाढी र पहिरोमा परेकाहरूको उद्धारका लागि हेलिकोप्टर उडेको मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाकी प्रमुख सहसचिव हुमकला पाण्डेले जानकारी दिइन्।

बाढी पहिरोको कारण म्याग्दी, कैलाली, डोटी, अछाम, बझाङ लगायतका स्थानमा सडक अवरुद्ध भएको छ। यता, अविरल वर्षाका कारण सेती नदीमा आएको बाढीले ४० जना फसेका छन्। डोटी र बैतडी जोडिएको पुल बाढीले ढलाउँदा सिगास गाउँपालिका ढुंगाडका १० परिवारका ४० जना स्कुलमा फसेको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए।

त्यहाँका गाइबस्तुहरु बगे, मान्छेहरु स्कुलमा आश्रय लिएर बसेका छन्। सेती नदीमा डोटी र बैतडीबाट जोडिएको पुल ढलेको छ। मौसमका कारण उद्दारका लागि हेलिकप्टरको प्रयोग समेत गर्न नपाएको जनप्रतिनिधिले जनाएका छन् ।

 

 


Last Updated on: October 21st, 2021 at 3:45 pm
२६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया