बिहिबार ११ आश्विन २०८०

हुम्लाको खार्पुनाथ गाउँपालिका–५ खर्पेलगाउँमा पहिरोले ज्यान गुमाएका एकै परिवारका ६ जनाको बुधबार सामूहिक दाहसंस्कार गरिएको छ ।

अविरल वर्षापछि मंगलकार घरमाथिबाट आएको पहिरो परेर एकै परिवारका ६ जनाको मृत्यु भएको थियो ।

आइतबार रातिदेखि आएको लगातारको वर्षाले मंगलबार राति घरमाथिबाट आएको पहिरोले धाविरे शाहीको घर पुरिँदा शाहीसँगै कलबहादुर शाही, आशा शाही र उनका ११, ५ र ३ वर्षीय छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

बेमौसमी वर्षाले देशका विभिन्न स्थानमा ठूलो धनजनको क्षति गरेको छ । पूर्ण विवरण अहिलेसम्म आइसकेको छैन तैपनि ५० भन्दा बढीको ज्यान गएको प्रारम्भिक तथ्यांक छ ।

काठमाडौं ३ कात्तिक । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा चार दिन देखि अविरल परेको वर्षाले ठुलो धनजनको क्षति पुर्याएको विषयमा छलफल हुने बताइएको छ ।

साथै बाढी पहिरोबाट भएको धनजनको क्षति , पिडित परिवारलाई राहातको विषयमा समेत छलफल हुने भएको छ ।

यस अघि नै प्रधानमन्त्री देउवाले सिंहदरबारस्थित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकबाट देशभर भएका क्षतिको विषयमा विवरण लिइसकेकाले बाढी पहिरो प्रभावित तथा मृतकका परिवारलाई उचित राहत दिने घोषणा गरिसकेका छन् ।


Last Updated on: October 21st, 2021 at 4:05 pm
६४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया