सोमबार १८ मंसिर २०८०

काठमाडौं । आइतबारबाट परेको अविरल वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर मृत्यु हुनेको सङ्ख्या ९९ पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरले बिहीबार बिहान १२ बजेसम्म बाढीपहिरो र डुबानबाट ९९ जनाको मृत्यु भएको बताउनुभयो ।

साथै ४० जना बेपत्ता र ३५ जना घाइते भएको प्रवक्ता कुँवरले बताउनुभयो । प्रदेश १ मा मात्रै बाढीपहिरो र डुबानबाट ५८ जनाको मृत्यु भएको छ भने १८ जना घाइते र १२ जना बेपत्ता भएका छन्।

प्रदेश १ को इलामा १३ जनाको मृत्यु भएको छ भने, पाँच जना घाइते र दुई जना बेपत्ता भएका छन् । पाँचथरमा २६ जनाको मृत्यु, आठ जना घाइते र चार जना बेपत्ता भएका छन् । धनकुटामा सात जनाको मृत्यु र पाँच जना घाइते भएका छन् ।

साथै सुनसरीमा आठ जनाको मृत्यु र तीन जना बेपत्ता भएका छन् । उदयपुरमा दुई जनाको मृत्यु भएका छ । मोरङमा एक जनाको मृत्यु र तीन जना बेपत्ता भएका छन् भने भोजपुरमा एक जनाको मृत्यु भएको उहाँले बताउनुभयो ।

त्यस्तै प्रदेश २ मा एक जना मात्र बेपत्ता भएका छन् । लुम्बिनी प्रदेशमा दुई जनाको मृत्यु र तीन जना बेपत्ता भएका छन् । लुम्बिनी प्रदेशको प्यूठानमा एक जनाको मृत्यु, दुई जना बेपत्ता र कपिलवस्तुमा एक जनाको मृत्यु, एक जना बेपत्ता भएका छन्।

 


Last Updated on: October 21st, 2021 at 4:26 pm
२०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया