आइतबार १४ जेठ २०८०

काठमाडौं, जेठ १ – कोरोना भाइरस संक्रमणबाट दोलखाका एक युवाको काठमाडौंको वीर अस्पतालमा मृत्यु भएको छ । दोलखा मेलुङ गाउँपालिका-१ पवटीका राजु लामाको कोरोनाका कारण शनिबार बिहान करिव ३ बजे मृत्यु भएको हो । गत वैशाख १९ गते गरिएको पिसिआर परिक्षणका क्रममा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । त्यसलगत्तै उनि गोंगबुमा रहेको विनायक अस्पतालमा उपचाररत थिए ।

मृ त कका आफन्त राम बहादुर तामाङका अनुसार अस्पताल भर्ना हुँदा सामान्य ज्वरो आएपनि उनको स्वास्थ्यमा धेरै समस्या देखिएको थिएन । तर एक्कासी उनको फोक्सोले कामै नगर्ने र स्वास्थ्यमासमेत खराबी देखिएपछि विनायक अस्पतालले आइसीयु र अक्सिजनको अभाव देखाउदै अन्यत्र लैजान सुझाव दियो । त्यहि अनुरुप उनका आफन्त आइसीयु र अक्सिजनको खोजि गर्न थाले । उनलाई बचाउन आफन्तले ठुल्ठुला नेतासम्म गुहार्नु पर्यो, त्यति हुँदा पनि आफुहरुकै प्रयासमा बल्लतल्ल वीर अस्पतालमा एउटा आइसीयु भेटे र त्यहाँ ल्याए ।

SUGGESTED NEWS
Mgid
Mgid

Want To Lose 16 Kg In The Abdominal Area In 2 Weeks?
Ketoadvanced

What If Covid-19 Hit Disney?
Zestradar

6 Album Covers Transformed For Middle-East Beyond Recognition
Zestradar

7 Proven Attraction Facts To Use The Next Time You Go On A Date
Zestradar
मंगलबार अक्सिजनसहितको आइसीयु तयार गरेर बिहिबार उनलाई वीर अस्पताल ल्याइयो तर वीर अस्पतालले बदमासी गर्यो । जुन आइसीयु सम्पूर्ण कागजातसहित प्रकृया पुरा गरेर राजुको लागि तयार गरिएको थियो त्यो आइसीयु त्यहिँ कार्यरत डाक्टरका आफन्तलाई दिइयो । त्यसपछि वीरले उनलाई वार्डमा राखेर उपचार गरायो । यस्तोसम्म गरियो कि, वार्डमै अक्सिजनको सहायतामा उपचार गरियो अकस्मात बिहिबार बेलुका अक्सिजन अभाव भएको भन्दै बिचमै उनलाई लगाइएको अक्सिजन थुतेर निकालिएपछी उनको अवस्था थप जटिल बनेको थियो ।

मृ त क राजुले आफ्नो जीवनको अन्तिम क्षणमा ‘अक्सिजनसहितको आइसीयु पाइयो भने म बाँच्छु कि, मेरो अन्तिम इच्छा पूरा गर्देउ’ भन्दै आफन्तलाइ सहयोगको याचना गरेका थिए । यता अघिल्लो दिन पाइएको आइसीयु भोलिपल्ट नपाएपछी मृतकका आफन्तले अनाहकमा ज्यान गुमाउनु परेको भन्दै आक्रोश व्यक्त गरेका छन् । वीर अस्पतालले कोरोना संक्रमित राजुको उपचारमा समेत ध्यान नदिएको आफन्तको आरोप छ ।

३७ बर्षिय युवा तथा सहयात्रीलाई बचाउन सक्दो पहल गर्दा पनि नसकेको छिमेकी निराजन आचार्यले हाम्रोसंचारलाई बताए । आचार्यले थपे, ‘जनताको सेवाका लागि बनाएका सरकारी अस्पतालमा उपचार गर्न आफ्नो र ठुलै मान्छेको पहुँच चाहिने रैछ, गरिब जनता यसै गरि मर्ने रैछन्, पाएको आइसीयुमा पनि डाक्टरको आफ्नो मान्छे राखियो, पावर बिना उपचार गर्न नसकिने हाम्रो देशको सरकारी अस्पतालमा सर्वसाधारण उपचार गर्न नगएपनि हुने रैछ ।

आफन्त गुमाउदा कति पीडा हुन्छ भन्ने कुरा तिनीहरुका परिवारमा यस्तै घट्ना घटेपछि मात्रै महसुस गर्नेछन् ।’ साथै उनले नेताहरु कुर्सी लुछाचुडीमा मात्र लागेको भन्दै कहिले जनताको नागरिकको जीवन रक्षाका लागि जुट्छौ ? भन्दै प्रश्न समेत गरेका छन् । मृतक राजुको शव नेपाली सेनाले ब्यबस्थापन गर्ने तयारी गरिरहेको बुझिएको छ ।(ताजा खबर बाट)


Last Updated on: May 16th, 2021 at 12:30 am
५७० पटक हेरिएको

तपाईको प्रतिक्रिया