बुधबार २० मंसिर २०८०

जनकपुर । खानेपानी डिभिजन कार्यालय जनकपुरका कार्यालय प्रमुख जागेश्वर कुशवाहमाथि जनमत पार्टीका (सिके राउत) कार्यकर्ताले दुर्व्यवहार गरेका छन् । कुशवाहलाई नियन्त्रणमा लिएर कार्यकर्ताहरुले अर्धनग्न बनाई बजार परिक्रममा गरेका छन् ।

सडक विस्तारका क्रममा खानेपानीको पाइप ठाउँठाउँमा फुटेको र उक्त फुटेको पाइप मर्मत गर्न आग्रह गर्दा कुशवाहले जनकपुर नगरपालिकातिर जिम्मेवारी देखाउँदै आएको आरोप छ । सोही विषयमा विवाद हुँदा सिके राउतका कार्यकर्ताले उनीमाथि दुर्व्यवहार गरेका हुन् ।

यसैबीच दुव्र्यवहार गरेको आरोपमा प्रहरीले जनमत पार्टीका कार्यकर्ता विजयकुमार यादवसहित सात जनालाई पक्राउ गरेको छ । पक्राउ परेका कार्यकर्तालाई रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडी नरा जुलुस भइरहेको छ ।

असार साउन जस्तै गरेर निरन्तर रुपमा आइतवार रातिदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा आएको बाढी र पहिरोले जनजिवन प्रभावित भएको छ । मंगलवार दिउसो सम्मको जानकारी अनुसार अहिले सम्म बाढी पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ।अहिले अधिकांश स्थानमा वर्षा पछि आएको हावाका कारण किसानले आफ्नो बालीनाली समेत उठाउन नपाइकन ल’डेर सोतर भएको छ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार डोटीमा दुइ जना र डडेल्धुरामा एक जनाको मृत्यु भएको हो। त्यस्तै डडेल्धुरामा दुई जना घाइते भएका छन्। कैलालीमा एक जना बेपत्ता भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।तराइका किसानहरूको पछौटे धानलाई त झन् धेरै नै प्रभावित बनाएको छ,उनीहरूको धान यतिबेला ठीक्क पसाउन मात्रै थालेको थियो।

भारी वर्षातका कारण सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा आएको बाढी र पहिरोमा परेकाहरूको उद्धार नेपाली सेनाको हेलिकोप्टरबाट गरिँदै छ। महाकाली नदीको टोपुमा ५ जना फसेका छन् । उनीहरुको पनि उद्दारको प्रयास भइरहेको छ । गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा नेपाली सेनाको सुर्खेतस्थित स्टेसनबाट बाढी र पहिरोमा परेकाहरूको उद्धारका लागि हेलिकोप्टर उडेको मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाकी प्रमुख सहसचिव हुमकला पाण्डेले जानकारी दिइन्।

बाढी पहिरोको कारण म्याग्दी, कैलाली, डोटी, अछाम, बझाङ लगायतका स्थानमा सडक अवरुद्ध भएको छ। यता, अविरल वर्षाका कारण सेती नदीमा आएको बाढीले ४० जना फसेका छन्। डोटी र बैतडी जोडिएको पुल बाढीले ढलाउँदा सिगास गाउँपालिका ढुंगाडका १० परिवारका ४० जना स्कुलमा फसेको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए।

त्यहाँका गाइबस्तुहरु बगे, मान्छेहरु स्कुलमा आश्रय लिएर बसेका छन्। सेती नदीमा डोटी र बैतडीबाट जोडिएको पुल ढलेको छ। मौसमका कारण उद्दारका लागि हेलिकप्टरको प्रयोग समेत गर्न नपाएको जनप्रतिनिधिले जनाएका छन् ।

 

 


Last Updated on: October 21st, 2021 at 4:34 pm
५३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया