शुक्रबार १५ मंसिर २०८०

अविरल बर्षाका कारण प्राकृतिक प्रकोपले सडक तहसनहस हुनुका साथै भौगोलिक विकटताका कारण मृतकलाई अस्पताल ल्याउन कठिन हुने भएपछि पाँचथरमा बाढी पहिरोमा परि मृत्यु भएकाको पोष्र्टमाटम नगर्ने निर्णय भएको छ ।

ठुलो संख्यामा मृत्यु भएकाले सडकहरु सबै अवरुद्ध भएपछि जनप्रतिनिध, प्रहरीले मुजुल्का गरि दाहासंस्कार गर्ने गरी निर्णय भएको हो ।
विहिवार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षिय बैठकले यस्तो निर्णय गरेको हो । सदरमुकामदेखि निक्कै टाढा घटना स्थल रहेकाले मृतकको पहिचान, उद्वारमा समेत समस्या भईरहेको छ ।

तीन दिनदेखि मृतकको लास घटना स्थलमै रहेकाले शंकास्पद स्थितिमा मृत्यु भएको देखिन नआई विपद् पहिरो कै कारण मृत्यु भएको स्पष्ट एकिन भएकाले वार्ड अध्यक्षको रोहवरमा मुजुल्का खडा गरि सतगदको प्रक्रिया अघि बढाउने निर्णय भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुन्यप्रसाद ढकालले जानकारी दिए ।


सुरक्षानिकायका प्रमुख, जनप्रतिनिधि, राजनीतिक दल, संघसस्थाका प्रमुख सहितको सर्वपक्षिय बैठकले यो निर्णय गरेको हो । यो निर्णयसँगै घटना स्थलमा रहेका शवलाई दाहासंस्कारको लागि प्रक्रिया अघि बढ्ने छ । मंगलवार राती पहिरोले पुरिएर धेरैको निधन भएको थियो ।

जिल्लामा पहिरोका कारण २७ जनाको मृत्यु भएको छ । यो मध्ये प्रहरीले २६ जनाकोमृत्यु भएको पुष्टि गरेको छ । ६ जना बेपत्ता भएका छन् । ८ जना घाइते छन् । एकजना घाइतेको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

 

 


Last Updated on: October 22nd, 2021 at 8:51 am
११२ पटक हेरिएको

तपाईको प्रतिक्रिया