मंगलबार १६ आश्विन २०८०

राजनीतिक दलका नेताहरुले पनि धानबाली नष्ट भएका किसानहरुलाई राहत दिनु पर्ने माग सरकार समक्ष गरिरहेका छन । प्रधानमन्त्री प्रभावित क्षेत्रको अवलोक गर्न गएका छन् ।

यी सबै परिदृष्य हेर्दा किसान प्रति चौतर्फी रुपमा सहानुभुती बढ्दै गएको छ । तर सधै राज्यबाट उपेक्षित किसानहरुले यस पटक उचित क्षतीपुर्ति पाउलान त? भन्ने प्रश्न उठेको छ ।

अविरल वर्षापछि आएको बाढीले सप्तरीमा २५ प्रतिशत धानबाली पूर्ण रूपमा नष्ट भएको छ। कृषि ज्ञान केन्द्र सप्तरीका कार्यालय प्रमुख राजेन्द्र यादवका अनुसार कुल ६८ हेक्टर जग्गामा लगाए धानखेतीमध्ये १७ हेक्टर अर्थात २५ प्रतिशत नष्ट भएको हो ।

धान काटेर खेतमा राखेको र ठडिएको बाली डुबानमा परेर नष्ट भएको प्रमुख यादवले बताए । उनले भने, ‘सप्तरीमा लगाएक‍ो केराबाली मध्ये ५० प्रतिशत र २० प्रतिशत तरकारी खेतीमा पनि क्षति पुगेको छ ।’ क्षतिले किसानहरूको दैनिकी थप कष्टकर भएको प्रमुख


Last Updated on: October 22nd, 2021 at 12:08 pm
४२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया